Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म

RadioRoshi by RadioRoshi
बिहिबार, जेष्ठ ११, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज,

नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको वर्ष दिन पुगेको अवसरमा नमोबुद्ध नगरपालिकाले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । नमोबुद्ध नगरपालिकाले आज एक कार्यक्रम गरि जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गरेको हो । आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख कुन्साङ लामाले नगरको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गर्नुभएको हो ।जिल्ला समन्वयन प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालम भएको हो । कार्यक्रमकै अवसरमा आजबाट बुच्चाकोट देखि नौबिसे बजारसम्म निःशुल्क वल्र्ड लिङक वाईफाईको सुभारम्भ भएको छ । वल्र्ड लिङक बाग्मती प्रदेसका म्यानेजर निकेस अधिकारीले नगर प्रमुख र उपप्रमुखको मोबाईलमा निःशुल्क वाईफाई जडान गरेर निःशुल्क वाईफाइको सुभारम्भ गरिएको हो । नगरपालिकाको वार्षिक उपलब्धिहरु अन्तर्गत मुख्यगरी आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन,वातावरण तथा विपद् व्यवस्थापन एवं संस्थागत विकास तथा सुशासन बुँदामा बिभिन्न बिकास निर्माणका आयोजनाहरु उल्लेख गरिएको छ ।
नगरपालिकाले नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको हो ।
नगरपालिकाले बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको छ । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । त्यसैगरि, नगरले नगरपालिकामा पहिलो शीत भण्डारण निर्माण , घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरणको थालनि , राजमार्गमा फोहोर फाले कार्वाही गर्न सुरु, योजनावद्ध विकास प्राथमिकतामा , अभियानकै रुपमा ‘एक घर एक धारा’ अभियान सञ्चालन , महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क तथा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण लगागतका बुदाहरुमा बार्षिक उपलब्धिहरु सार्वजनिक शुरुवात गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा जम्मा ७६ करोड ८७ लाख ९५ हजार ९ सय ९६ रुपैया विनियोजन भएको थियो । जसअन्तर्गत चालु खर्च तर्फ ४८ करोड २९ लाख २ हजार ६ सय ९१ तथा पुँजिगत तर्फ २८ करोड ५८ लाख ९३ हजार ३ सय ५ रुपैया विनियोजन भएको थियो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

यी हुन् जनताको सेवाको पहिलो वर्षमा नमोबुद्ध नगरबाट भएका उल्लेअनीय कार्यहरुः
१.दाप्चा बसेरी सडक कालोपत्रे
२.वि.पि राजमार्ग कानपुर डाँडाँगाउँ सडक स्तरोन्नती
३.कबालिकादेवी भेडाबारी खानेपालि ट्याङकि निर्माण
४.वडा नं १ को प्रशासनिक भवन निर्माण
५.४३ फिट अग्लो पद्मसम्भवको प्रतिमा निर्माण
६.नमोबुद्ध वृहत खानेपानीको शिलान्यास
७.सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर,वडा स्तरमै घुम्ति बैंकिङ सेवा
८.राजमार्ग लक्षित सरसफाई कार्यक्रम
९.नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाबीच मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने सम्झौता
१०.कपुरढुङ्गा सडक पहिरो नियन्त्रण
११.नेपाल नमुना जलवायु अनुकुलन कार्यक्रम
१२.लैंगिक हिंसा बिरुद्धको कार्यक्रम
१३.फुलबारी देखि दाप्चा क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स सेवा
१४.जेस्ठ नागरीक लक्षित कार्यक्रम
१५. राष्ट्रपति रनिङ शिल्ड
१६. नमोबुद्ध चैत्य परिसरलाई विस्व सम्पदा सुचिकृत गर्नका लागि आवस्यक छलफल
१७.काशिखण्ड बृहत खानेपानी आयोजना
१८.नसर्ने रोगको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण
१९.नेपालमा जलवमयु अनुकुलन नमुनम गाँउ कार्यक्रमको अवलोकन गर्न आउनुहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पाहुनाहरु
२०.सडक बोर्ड तथा नगरपालिकाको साझेदारी संचालित बोम्जनगाउन् सडक
२१.जगबैजेस्वर मन्दिर परिसरमा निर्माणधिन पुर्वाधारहरु
२२.वि.पि राजमार्ग अन्तर्गत बुच्चाकोट,चौकिडाँडाँको रेखांकन सम्बन्धी छलफल
२३.पिपलटार लिफ्ट सिँचाई
२४.पिपलटार खानेपननी आयोजना
२५.जीवन ज्योति चर्च निर्माण
२६.डराउनेपोखरी शिव कन्दिर निर्माण
२७.खाक्सी स्वास्थ्यचौकी निर्माण
२८.नमोबुद्ध काव्य अनुस्ठान
२९.नौबिसे काक्रे सडक निर्माण
३०.जनक मा.वि चुवाने सडक निर्माण
३१.वि.पि राजमार्ग सरसफाई कार्यक्रम
३२.अपाङगता परिचयपत्र वितरण
३३.जनजागृति प्रा.वि हुँदै ध्याङ्टोल सडक
३४.चरुवा सडक
३५.सुत्केरीसँग उपमेयर कार्यक्रम
३६.न्यायिक क्षमता अभिबृद्धि कार्यक्रम
३७.पार्कोट,टटलेटार खानेपानी तथा सरसफाई आयोजना
३८.कोपोमिस कार्यक्रम
३९.बालमैत्री नगरपालिका घोषणा तयारी अभियान
४०.नारी दिवस विसेस कार्यक्रम
४१.विन्दवासिनी मन्दिर परिसरमा पुर्वाधार निर्माण
४२.कसषि औजार वितरण
४३.गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम
४४.प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालित विभिन्न योजनाहरु
४५.मथुरापाटि पार्क निर्माण
४६.भकुण्डेबजार लक्षित सडक बत्ति
४७.कसषि विकाससँग सम्बन्धित कार्यक्रम
४८.सामुदायिक तथा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण
४९.नमोबुद्ध चैत्य परिसरमा सिसिटिभि क्यामेरा जडान
५०.रजबम पोखरी क्षेत्रमा पुर्वाधार विकास
५१.नगर शिक्षा समितिबाट भएको बिद्यालग अनुगमन
५२.श्यामपाटि–काउसे –दारेगांैडा–आरुबारीचौर सडक

Previous Post

रोशीका जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि–पुर्णपाठ सहित

Next Post

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका २ जना पक्राउ

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका २ जना पक्राउ

शुक्रबार, फाल्गुन २, २०८१
श्रीमानको दुवै मृगौला फेल भएपछि उपचारमा सघाइदिन अपिल

श्रीमानको दुवै मृगौला फेल भएपछि उपचारमा सघाइदिन अपिल

सोमवार, कार्तिक १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.