Friday, July 4, 2025
Date
शनि, असार २१, २०८२
Sat, July 5, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

यी हुन् नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु

RadioRoshi by RadioRoshi
आइतवार, भदौ २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
यी हुन् नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाले पदवहाली भए पछि १०० दिनमा गरेका कार्यहरु सार्बजनिक गर्नुभएको छ । २०७९ जेष्ठ ११ गते मंगलबारको दिन पदवहाली भए पछि १०० दिन पूरा भएको छ। यस सन्दर्भमा १०० दिन भित्र गरिएका केहि उल्लेखनीय प्रयास तथा सुरुवात गरेका ४३ कार्यहरुको विवरण आज सार्बजनिक गरिएको छ ।
नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठनागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकास लगायतकाको कार्यहरु अघि बढाएको छ ।
निर्वाचित भएर पदवहाली समालेको छोटो समय मात्र भएको हुँदा थिति बसाल्ने, नीति निर्माण, आवश्यक कानुनको तर्जुमा र सुशासनको क्षेत्रबाट कार्यहरुको थालनी गरिएको हुँदा जनताले महशुस गर्ने खालको कार्यहरु आरम्भ मात्र भएको र आगामी दिनमा जनताले महशुस र लाभान्वित हुने कार्यक्रम तथा योजनाहरु संचालन गरिदै लैजाने नगरप्रमुख लामाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

You might also like

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरुः
१.स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको र हाल सम्म १३ वटा उद्योग वा फर्महरुले यस्तो सुविधा प्राप्त गरी दर्ता भएको ।
२.जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ स्वास्थ्यकर्मीबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर संचालन गर्न थालिएको ।
३.कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम क्रमश संचालन गरिदै लगिने कार्यको सुरुवात गरिएको ।
४.पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सो भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर÷वडास्तरमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने कार्यको सुरुवात गरिएको।हालसम्म ५०० जना लाभग्राहीहरुले आर्थिक वर्ष २०७८÷०७९ को सामाजिक सुरक्षा भत्ता स्थानीयस्तर÷वडास्तरमा मा नै प्राप्त गरिसकेका छन् ।
५.बजारलाई लक्षित गरी नियमित सरसफाईको व्यवस्था मिलाई हप्तामा ३ दिन फोहोर व्यवस्थापनको कार्य प्रारम्भ गरिएको ।
६.दाप्चा नगर अस्पताल मार्फत संचालन हुने गरी २४ सै घण्टा एम्बुलेन्स सेवा सुचारु गरिएको ।
७.प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य अनुरुप नगर गौरव र वडा गौरवका आयोजनाहरु सँग तालमेल गरी कार्यान्वयन गर्ने प्रकृया सुरुवात गरिएको ।
८.नमोबुद्ध नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपा बीच यस नगरपालिका भित्रका नागरिकहरुको मोतियाबिन्दु रोगको निशुल्क उपचार गर्ने गराउने गरी सम्झौता गरिएको ।
९.वर्षातको कारणले यातायात सेवामा अवरुद्ध भएका नगरस्तरीय विभिन्न बाटो÷सडकहरु नगरपालिकासँग रहेको मेशिनरी औजार मार्फत पहिरो तथा अवरोध हटाई एवं मर्मत गरी यातायत सहज सुचारु गरिएको ।
१०.वडा नम्बर ०३ क्षेत्रका विभिन्न बस्तीहरुलाई लक्षित गरी विद्युतको सहज आपूर्तिका लागि विद्युत विस्तार तथा सुधारिकरण (काठको पोल विस्थापान, ट्रान्सफरको क्षमता अभिवृद्धि) कार्य गरिएको ।
११.वैकल्पिक उर्जा प्रवर्द्धन गर्ने उदेश्य अनुरुप नमोबुद्ध नगरपालिकाका विभिन्न धार्मिक, सार्वजानिक स्थानहरुमा १० वटा सडक सौर्य बत्ति जडान कार्य सम्पन्न गरिएको ।
१२.काभ्रेभन्ज्याङ–नमोबुद्ध–दाप्चा सडक अन्तर्गत वडा नम्बर ११ मा पर्ने कपुरढुङ्गा क्षेत्रमा सडक अवरुद्ध हुने गरी गएको पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन तथा सुनिश्चिता गरी कार्य प्रारम्भ गरिएको ।
१३.दाप्चा बजार पुनर्उथान कार्यक्रम अन्तर्गत दाप्चा बजार क्षेत्रमा ढुङ्गा विछ्याउने कार्यको प्रारम्भ गरिएको ।
१४.नेपाल जलवायु अनुकुलन गाउँ कार्यक्रम अन्तर्गत बजार क्षेत्रलाई लक्षित गरी उर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उपयोग, व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि बजार प्रवर्द्धन कार्यक्रमको लागि बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य प्रारम्भ गरिएको ।
१५.वि.पि. राजमार्गलाई लक्षित गरी भकुण्डे बजार क्षेत्रलाई थप व्यवस्थित गर्न र मुआब्जा वितरण भईसकेको सडक भित्रको क्षेत्राधिकारलाई नापनक्शांकन गर्न र भकुण्डे बजार क्षेत्रलाई थप व्यवस्थित गर्न सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना मार्फत कार्य सुचारु गरिएको ।
१६.बजार क्षेत्रहरुलाई थप व्यवस्थित गर्न बजार व्यवस्थापन कार्यविधि निर्माण गरी बजार व्यवस्थापन समिति गठन गरी बजार व्यवस्थापन कार्यहरुको संचालन गरिएको ।
१७.सरसफाई तथा फोहोरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखी नियमित फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापन गरिएको ।
१८.भकुण्डे–पोखरी–नारायणस्थान–मेच्छे सडक र काभ्रेभन्ज्याङ–नमोबुद्ध–दाप्चा–तल्लो हटिया सडकको नियमित सरसफाई तथा मर्मत सम्भार कार्य गर्नका लागि पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोकको समन्वय, सहकार्य तथा सहयोगमा क्रमश ५ जना र ४ जना गरी जम्मा ९ जना मर्मत सम्भारकर्ता (लेन्थवर्कर) राखी नियमित कार्य गरिएको ।
१९.युवा परिषद् पुनर्गठन गरी युवा लक्षित कार्यक्रमहरु अगाडी बढाईएको ।
२०.वातावरण संरक्षणका लागि लक्षित गरी नगरस्तरमा १००० वटा वृक्ष रोपी वृक्षारोपण कार्य प्रारम्भ गरिएको ।
२१.विद्यालय र नगरपालिकाको शैक्षिक गतिविधि तथा कार्यक्रमहरु समेटर शैक्षिक पात्रो प्रकाशन गरिएको ।
२२.बाल विकास केन्द्रका शिक्षक, सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई नगरपालिकाको अन्तरिक श्रोतबाट थप पारिश्रमिकको व्यवस्था गरिएको ।
२३.विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट थप आवश्यक बजेट विनियोजन गरिएको ।
२४.घातक रोगको उपचार खर्च वितरणको लागि लगत संकलन कार्य अन्तिम चरणमा पुगेको ।
२५.नगरपालिकालाई पूर्ण खोप नगर घोषणा गरिएको ।
२६.नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा ग्वाला डाँडा खानेपानी आयोजना (लागत रकम रु. १ करोड ३७ लाख) को शिलान्यास गरिएको ।
२७.धुलिखेल अस्पताल र नमोबुद्ध नगरपालिका बीच भएको सम्झौता अनुसार नमोबुद्ध नगरपालिका वडा ११ मा राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणको कार्य प्रारम्भ स्वरूप वृहत वृक्षारोपण कार्य गरिएको।
२८.आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नगर विकास योजनामा उल्लेख भए अनुसार नगरपालिका भित्र रहेका सम्पूर्ण जग्गाहरुलाई थप व्यवस्थित तथा डिजिटलाईज गर्ने कार्यको प्रारम्भ गरिएको।
२९.स्थानीय भू–उपयोग परिषद् गठन गरी जग्गाको वर्गीकरण कार्य प्रारम्भ गरिएको।
३०.विपद् व्यवस्थापनमा द्रुत सहयोग पुर्याउन र्यापिड रेस्पोन्स टिम तथा आवश्यक जनशक्तिको व्यवस्थापन गरी विपद् तथा मर्मत सम्भारको कार्यलाई अगाडी बढाई प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको।
३१.फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन श्रोतमा नै फोहोर वर्गीकरणको कार्य अघि बढाउने एवं उपयुक्त स्थानमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण तथा उपयुक्त प्रविधि प्रयोग गरी नगरको फोहोर नगर भित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाईएको । साथै सो सम्बन्धी अध्ययन समेत प्रारम्भ गरिएको।
३२.एक वडा एक पोखरी कार्यक्रमलाई निरन्तरता दिईएको र निर्वाचित भए पश्चात ४ वटा मूल संरक्षणको कार्य सुरुवात गरिएको।
३३.भाषा आयोगको समन्वय, सहयोग र सहकार्यमा वडा नम्बर ०३, ०४, ०७ र ०९ मा भाषिक सर्वेक्षण कार्य गरिएको।
३४.वर्षा, बाढी, वन्यजन्तु तथा विपद्का कारण क्षति भएको बाली तथा पशुधनका लागि किसानहरुलाई राहत रकम वितरण गरिएको।
३५.नगरपालिका, इसिमोड, सिप्रेड लगायतका संस्थाहरुको सहयोगमा वडा नम्बर ०२, ०३ र ०६ मा व्यवसायिक तथा अर्गानिक कृषि व्यवसाय प्रवर्द्धनको कार्य गरिएको र यसलाई थप विस्तार गर्दै लग्नको लागि आवश्यक बजेटको सुनिश्चितता गरिएको।
३६.नमोबुद्ध नगरपालिकाको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण रणनीति, २०७९ निर्माण भई स्वीकृत गरिएको।
३७.अभिभावक विहीन ४ जना बालबालिकाहरुलाई आर्थिक सहायता प्रदान गरिएको।
३८.नमोबुद्ध नगरपालिकाको लैङ्गिक तथा यौन जन्य दुर्व्यवहार निवारण आचार संहिता, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको।
३९.२०९ औ भानु जयन्तीको अवसरमा नमोबुद्ध काव्य अनुष्ठान सम्पन्न गरिएको।
४०.५ वटा ह्वील चियर प्रदान गरी अपाङ्गता सहायक सामग्रीको वितरणको कार्य आरम्भ गरिएको र थप ५० वटा प्रदान गर्ने अन्तिम चरणमा रहेको।
४१.न्यायिक समिति गठन भई दर्ता भएका उजुरीको कारवाही र किनारा समयमा नै गरिएको। निर्वाचित भए पश्चात ४ वटा नयाँ उजुरी दर्ता भएको जसमध्ये ३ वटा उजुरी र पुरानो अल्या भई आएको मुद्दा मध्ये ३ वटा निरुपण गरिएको साथै न्यायिक समितिको १७ वटा बैठकहरु सम्पन्न गरिएको।
४२.नमोबुद्ध नगरपालिका वडा नम्बर ०२, ०३, १० र ११ का ८० जना बासिन्दाहरुलाई विविध सीप विकास सम्बन्धी तालिम (सिलाई बुनाई, ब्युटी पार्लर, मोटरसाइकल मर्मत, होम स्टे लगायत) उपलब्ध गराई आवश्यक २५ थान सामाग्री हस्तान्तरण गरिएको।
४३.योजना तथा कार्यक्रमहरुलाई समयमा नै कार्यान्वयन गर्ने उदेश्य अनुरुप योजना कार्यतालिका स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको।

Previous Post

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त खुल्ल्ला

Next Post

पनौतीमा सम्पदा क्षेत्रमा पर्ने घरहरुमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाईदै

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
Next Post
पनौतीमा सम्पदा क्षेत्रमा पर्ने घरहरुमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाईदै

पनौतीमा सम्पदा क्षेत्रमा पर्ने घरहरुमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाईदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शिविरले देखायो संसारः ११ वर्षपछि आँखा देख्न पाए विकट महाभारतका दिदी–भाइले

शिविरले देखायो संसारः ११ वर्षपछि आँखा देख्न पाए विकट महाभारतका दिदी–भाइले

आइतवार, मंसिर २३, २०८१

सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

शनिबार, मंसिर ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.