काभ्रे,
“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ भन्ने राष्ट्रिय नाराको साथ श्री बिन्ध्यबासिनी रोशी ९, रजबासमा ५८ औं राष्ट्रिय बाल दिवस २०७९ भभ्य र सभ्य रुपमा सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष श्री डिल्ली प्रसाद रेग्मीको अध्यक्षता र प्रमुख अतिथी पुर्व मन्त्री तथा काभ्रे जिल्ला बागमती प्रदेश सभा सदस्य माननीय चन्द्र लामाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोशी गाउँपालिका वडा न ९ का वडाध्यक्ष श्री जनम तामाङको विशेष आतिथ्यता रहेको थियो ।
बालदिवस कार्यक्रममा बालप्रतिभायुक्त बिबिध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । यसै अवसरमा एस ई ई परिक्षामा सफल विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।
त्यसैगरी विद्यालयमा विभिन्न समयमा सन्चालन भएका अतिरिक्त तथा खेलकुद कार्यक्रमको उत्कृष्ट विद्यार्थीहरुलाइ पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययरत बिपन्न विद्यार्थीहरुलाइ शिक्षण सामग्री सयोग गर्नु हुने समजसेवी कुन्जमाया तामाङलाइ पनि सम्मान गरिएको छ ।