काभ्रे,
काभ्रेको पात्लेखेतमा टिफर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइक चालक गम्भिर घाईते भएका छन् । धुलिखेल नगरपालिका अन्तर्गत वडा न ११ को पात्लेखेत स्थित हनुमान मा.बि नजिकै वि.पि राजमार्गमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका वडा न ७ बस्ने वर्ष २६ का राम श्रेष्ठ घाईते भएका हुन् । बा ५ ख ७८४१ नम्बरको टिपरले बा ०१०१९ प ४६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाईते भएका छन । घाईतेको अहिले घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।