Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा मालवाहक सवारीसाधनको भार मापन पुनःसञ्चालन

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस ३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
काभ्रेमा मालवाहक सवारीसाधनको भार मापन पुनःसञ्चालन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अरनिको, बिपी र हेलम्बु राजमार्गबाट सङ्घीय राजधानी काठमाडौँलगायत जिल्लामा गुड्ने मालवाहक सवारीको काभ्रेपलाञ्चोकमा भारमापन कार्य सुरु गरिएको छ । तीन राजमार्गअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकास्थित केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापनका लागि वि.सं.२०७८ पुसमा तौल–पुल स्थापना गरिएको थियो ।
यसअघि गत वैशाख पहिला साता गृह मन्त्रालयले काभ्रेपलान्चोक प्रशासनलाई जिल्लाका तीन स्थानमा स्थापित भारमापन केन्द्र (तौलपुल) सञ्चालनमा ल्याउन पुनः परिपत्र गरी अनिवार्य भार मापन गर्ने निर्देशन दिएपछि मालवाहक सवारीका व्यवसायीले विरोधस्वरुप एक हप्ता निर्माण सामग्री ढुवानी ठप्प पारेका थिए । मालवाहक सवारी ठप्प गराएपछि काभ्रेपलान्चोक प्रशासन र व्यवसायीबिच भएको छलफल निष्कर्षविहीन हुँदा पूर्ववत् अवस्थामा सञ्चालन हुँदै आएका थिए ।
व्यवसायी र प्रशासन कार्यालयबिच विशेष गरी टिपरका लागि ढाला बराबर सामग्री बोक्दा भार मापन गर्न नपर्ने निर्णय भएपछि तौल–पुल सञ्चालन गर्ने सहमति भएको हो । प्रशासनको निर्देशनपछि मालवाहक सवारी ठप्प पार्दै ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालयसँग ढुवानी सहजताको वातावरण बनाइ दिन माग गर्दै आएका थिए ।
भार मापनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले कुन विधिद्वारा मालवाहक सवारीको भारमापन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले त्यसबेला यथावत् राखिएको जनाएको थियो । त्यतिबेला व्यवसायीले तौलपुल सञ्चालनपछि मजदुर र व्यवसायीलाई थप समस्या भएको जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै आएका थिए ।
यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी झन्झट दिलाएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेको जनाएका थिए । तर विभागले आयातनको मापदण्ड दिएर बोक्न पाउने तौलबारे उल्लेख नगर्दा भार मापन गर्न अन्यौलता बढेको व्यवसायीले बताएका छन् ।
बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले विभागको प्रावधानअनुसार नै चलेका जनाउँदै तौलपुलमा सबै गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने बताउनुहुन्छ । “विभागले तोककोभन्दा बढी ल्याएमात्र गाडी जोख्ने गर्नुपर्छ, हामीले यही माग गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो । यी तीन राजमार्गमा टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।
तौल पुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गरेपछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न–गराउन आग्रह गर्दै आएका थिए । काभ्रेपलाञ्चोकको सडकमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायत मालवाहक सवारी साधन चल्ने गर्दछन् ।
मालवाहक सवारी साधनको भारापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुन सकेको थिएन ।
तौल पुलमा भारमापन गरेबापत प्रतिसवारीले एक सय तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकामा छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारी साधनले अनिवार्य भार मापन गर्नुपर्ने उल्लेख गरिएको छ । –रासस

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेका उमेश कुवेतबाट पक्राउ

Next Post

काभ्रे जिल्लामा मालवाहक सवारीको भार मापन पुनःसञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
काभ्रेमा मालवाहक सवारीसाधनको भार मापन पुनःसञ्चालन

काभ्रे जिल्लामा मालवाहक सवारीको भार मापन पुनःसञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

राष्ट्रपति पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने

राष्ट्रपति पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने

बुधबार, कार्तिक २२, २०८०
काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

बिहिबार, साउन २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.