तेमाल, असोज १६
जिल्लाको तेमाल गाँउपालीकाले दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँ तिहार, नेपाल संवत तथा छठको उपलक्ष्यमा राखिएको उक्त कार्यक्रममा गाँउपालीका अध्यक्ष सलाम सिं लामा, उपाध्यक्ष दुर्गा मायाँ तमाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँईकेल, विभिन्न वडाका जनप्रतिनिधीहरु र गाँउपालीकाका कर्मचारीहरु बिच शुभाकामना आदन प्रदान भएको थियो ।
गाँउपालीका अध्यक्ष सलाम सिं लामाले चाड पर्वको बेलामा जुवातास खेल्ने, होहल्ला गर्ने, तडक भडक देखाउने भन्दा पनि सभ्य सँग मनाउन सबैमा आग्रह गरेका छन् । त्यस्तै उपाध्यक्ष दुर्गा मायाँ तमाङले तेमालका जनप्रतिनिधीहरु, कर्मचारीहरु र सम्पुर्ण तेमाल वासीलाई शुभकामना दिएकी छन् ।
कार्यक्रममा उपस्थित सबैले अध्यक्ष र उपाध्यक्षको कुरालाई समर्थन गर्दै शुभकामना दिएका थिए ।

Facebook Comments