Thursday, June 18, 2026
Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

महाभारतको तीन वटा विद्यालय भवन पुनर्निर्माणको काम एक वर्षदेखि अलपत्र

RadioRoshi by RadioRoshi
आइतवार, माघ ७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
महाभारतको तीन वटा विद्यालय भवन पुनर्निर्माणको काम एक वर्षदेखि अलपत्र
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालय भवन निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा निर्माणाधीन विद्यालय भवनको काम अलपत्र परेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकका तीन वटा विद्यालयको भवन निर्माणको काम अलपत्र परेको हो ।
डिआरएसपी–३ अन्तर्गत महाभारत गाउँपालिका वडा नम्बर १ को गोकुल मावि, वडा नम्बर २ कुपिन्टारस्थित कालीदेवी मावि र वडा नम्बर ८ घर्तीछापस्थित जनकल्याण माविको भवन पुनर्निर्माण सुरु गरिएको थियो । महाभारत गाउँपालिकामा रहेका तीन वटा विद्यालय भवन पुनर्निर्माणका लागि २०७८ साल कात्तिक ५ गते केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपियुआई) र टिडिआई–आशिष निर्माण सेवा जेभीबिच सम्झौता भएको थियो ।
सम्झौता भएको मितिले डेढ वर्षभित्र विद्यालय भवन निर्माणको काम सम्पन्न गर्ने सहमति भए पनि सम्झौता भएको दुई वर्ष बितिसक्दा हालसम्म कुनै पनि विद्यालयको काम ६० प्रतिशतभन्दा माथि हुन सकेको छैन । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर अशोक अधिकारीले एसियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका विद्यालयको काममा ढिलाइ भएको बताउनुभयो ।
उहाँले डेढ वर्षमा सक्नुपर्ने काम नसकिएपछि निर्माण व्यवसायीलाई मार्च अन्तिम अर्थात् चैत १८ गतेसम्मको म्याद दिइएको बताउनुभयो । “निर्माण व्यवसायीलाई मार्च महिनाभित्र काम सम्पन्न गर्ने ताकिता गरेका छौँ, निर्माण व्यवसायीबाट मार्च महिनाभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ, यदि मार्च महिनाभित्र काम सम्पन्न नगरेको खण्डमा कानुनबमोजिम कारबाही गर्ने छौ,” इन्जिनियर अधिकारीले भन्नुभयो ।
उहाँले विद्यालय भवन निर्माणको कामलाई लिएर एसियाली विकास बैङ्कले समेत ताकिता गरेको बताउनुभयो । ई. अधिकारीले निर्माण व्यवसायीले हालसम्म गोकुले माविको ६० प्रतिशत, जनकल्याण माविको ५५ प्रतिशत र कालीदेवी माविको ३८ प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन बुझाएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले अन्यन्त्र जिल्लामा लिएको विद्यालय पुनर्निर्माणको काम सकिएकोले अब महाभारतमा निर्माण भइरहेका विद्यालयको काम गर्ने प्रतिबद्धता गरेको बताउनुभयो ।
गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले पछिल्लो एक वर्षदेखि विद्यालय भवनको काम अलपत्र रहेको बताउनुभयो । उहाँले विगत एक वर्षदेखि विद्यालय निर्माणको काम नहुँदा विद्यालयका लागि आवश्यक पर्ने खेल मैदानसमेत अभाव भएको बताउनुभयो । उहाँले कक्षाकोठा पर्याप्त नहुँदा साना कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
निर्माण व्यवसायी टिडिआई–आशिष निर्माण सेवा जेभीले नौ करोड एक लाख लागत स्टिमेट रहेको गोकुले माविमा पाँच करोड ७६ लाख, नौ करोड आठ लाख लागत स्टिमेट रहेको जनकल्याण माविमा पाँच करोड ७७ लाख र १० करोड ७८ लाख लागत स्टिमेट रहेको कालीदेवी माविमा छ करोड ७८ लाख रुपियाँमा ठेक्का हालेको थियो ।
निर्माण व्यवसायीले हालसम्म गोकुले माविको कामबापत दुई करोड ४६ लाख, जनकल्याणको कामबापत दुई करोड ४९ लाख र कालीदेवीको कामबापत एक करोड ७२ लाख रकम भुक्तानी लिएको केन्द्रीय आयोजना कार्यान्वय एकाइले जनाएको छ । – गोरखापत्र अनलाइन

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

Previous Post

विकास लामाको अध्यक्षतामा भएको नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार

Next Post

जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै

जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्धका नागरिकलाई कार्यस्थलमा आधारित ५० दिने सीप विकास तालिम

नमोबुद्धका नागरिकलाई कार्यस्थलमा आधारित ५० दिने सीप विकास तालिम

आइतवार, चैत्र १०, २०८१
पात्लेखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

पात्लेखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, मंसिर १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.