Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

RadioRoshi by RadioRoshi
शनिबार, अशोज ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ ।

उक्त क्षेत्रमा करिव चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ ।

सुर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो ।

सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रति आना जग्गाको मूल्य ६५ लाख रुपैयाँ मागेपछि थप अन्योलता भएको छ । आयोजना भने जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने की अहिले कै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्यौलमा भएको छ ।

आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले भन्नुभयोे, ‘सवारीको गति बढाउने उद्देश्यले सडकको मोडसुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ ।’ उहाँको अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुईपटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन ।

उहाँको अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन । हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नती भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताउनुभयो ।

मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपैयाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रति आना १० लाख ६६ हजार रुपैयाँ कायम भएको छ । सरकारी मूल्याङ्कनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन् ।

यसैबीच आयोजनालाई हाल यस साँगा–धुलिखेल सडकखण्डअन्तर्गत आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना ब्यवस्थापनमा कठिनाइ भएको पाइएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गधारा ब्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो ।

यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।

आयोजनालाई बाँकी ७ स्थानमा रहेका आठ सम्पदाको संरक्षण, ब्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइनन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडकखण्डमा सम्पदा ब्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताउनुभयो । उहाँको अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ ।

यस्तै नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी ‘वान–वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन् ।

सडक विभागका अनुसार बिस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो ।

विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधी ३६ महिना हो । दुई लेनबाट छ लेनका लागि बिस्तारकार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुने छ ।– रासस

Previous Post

कांग्रेस सभापति देउवाद्धारा महामानव वि.पी.कोइरालाको प्रतिमा अनावरण

Next Post

आजबाट मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
आजबाट मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

आजबाट मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

शुक्रबार, फाल्गुन १९, २०७९
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

सोमवार, पुस २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.