Saturday, July 18, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण सुरू

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीका बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण सुरू
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि काभ्रेको रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ ।

विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ । ‘अस्थायी आवासले छिमेक एवं आफन्तको घरमा बसेका तथा तथा टहरामा बसेकालाई राहत पुग्नेछ, हामी सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ’, अध्यक्ष लामाले भन्नुभयो ।

उहाँका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थिया ेभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नं २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत सहयोगमा वडा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो ।

अध्यक्ष लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पुर्याएका पूर्वाधारको मर्मत तथा निर्माणका लागि रु एक करोड, विपद् हेल्पडेस्कका लागि रु पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा रु १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि रु ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार रु ५० हजार, मर्मतसम्भारमा रु ५० लाख, विपद् सामग्री खरिदमा रु १० लाख तथा बाढीपीडितलाई सहायताका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित रु ६९ करोड २० लाख ९८ हजारमा रु तीन करोड ४३ लाख घटाएर रु ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरेको छ ।–रासस

Previous Post

राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा

Next Post

नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चापाखोरीका टुल्कु लामाको हत्या आरोपमा आफ्नै छोरा र साढुभाई पक्राउ

चापाखोरीका टुल्कु लामाको हत्या आरोपमा आफ्नै छोरा र साढुभाई पक्राउ

सोमवार, असार १७, २०८१
रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

बिहिबार, मंसिर २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.