काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकाको दुई स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । रोशी गाउँपालिकाको आयोजना र रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा वडा नं. ३ को वडा कार्यालय र रोशी–९ स्थित मंगलटार स्वास्थ्य चौकीमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको हो ।
२०८१ माघ ७ गते सोमबारको दिन वडा नं. ३ को वडा कार्यालयमा बिहानको ९ः३० देखि दिउँसो २ बजे सम्म शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तनाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । उक्त शिविरको लागि सम्पर्क व्यक्तिहरु एसिया वलीको मोबाईल नम्बर ९७६३६८४११९ र निर्जला लामाको नम्बर ९८२३००३३३२ तोकिएको छ ।
त्यसैगरी २०८१ माघ १० गते विहिबारको दिन रोशी–९ स्थित मंगलटार स्वास्थ्य चौकीमा बिहानको ९ः३० देखि दिउँसो २ बजे सम्म शिविर सञ्चालन हुने भनिएको छ । उक्त शिविरको लागि सम्पर्क व्यक्तिहरु निशा बरालको मोबाईल नम्बर ९८४१६०९९५४, ९८१३६१२८७३ र सुदेव श्रेष्ठको सम्पर्क नम्बर ९८६००२४६२० तोकिएको छ ।
यस शिविरमा रोशी गाउँपालिका भित्रका नागरिकहरुको मात्र मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने र शल्यक्रियाको लागि अस्पतालसम्म जानका लागि बिरामिहरुलाई यातायातको पनि व्यवस्था गरिएको सूचनामा उल्लेख गरीएको छ । यस निःशुल्क आँखा शिविरमा सम्पूर्ण आँखाको समस्या भएका व्यक्तिहरुले सम्पर्क राखि मौकाको फाईदा उठाउनु हुन गाउँपालिकाले सम्पुर्णमा अनुरोध समेत गरेको छ ।