काभ्रे, रेडियो रोशी,
इलाका प्रहरी कार्यालय मंगलटारले बिक्षिप्त अवस्थामा रहेको वेवारिसे व्यक्तिको उद्दार गरेको छ । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ९ फुटबल ग्राउण्ड क्षेत्रमा नामथर, वतन नखुलेको मनोरोगी जस्तो देखिने अन्दाजी ४०–४२ उमेरका पुरुष व्यक्तिको उद्दार गरिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
गत असोज दोस्रो साताको बाढिपहिरो पछि हिड्दै मंगलटारमा आईपुगेर बसेको हुनसक्ने उहाँको भनाई छ । आफै मागेर खान समेत नसक्ने तराई भेगको जस्तो देखीने र एक्लै बर्बराउने मनोरोगी जस्तो देखिने उनलाई रोशी गाउँपालिकासँग समेत समन्वयमा धुलिखेल स्थित मानव कल्याण समाज (सेवा÷घर) धुलिखेलमा पठाईएको गिरीले जानकारी दिनुभयो ।