काभ्रे,
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–५ स्थित केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ७ ख ७२१४ नम्बरको मिनी ट्रकले बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेललाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिनुभयो । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।