काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडामा यात्रुबाहक बस दुर्घटना भएको छ । रामेछाप सुनपातीबाट काठमाडौँ तर्फ आउँदै गरेको बा प्र ०३००१ ख २५२६ नम्बरको बस अनियन्त्रित भै पल्टिएर दुर्घटना भएको हो । बसमा ३० जना यात्रु सवार रहेका थिए ।
दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि नमोबुद्ध नगरपालिका ४ स्थित मेथिनकोट हस्पिटल तर्फ पठाइएको । घाइतेहरुको पहिचान खुलेको छैन ।













