काभ्रे,
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गएको भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि उहाँलाई सरकारबाट राजीनामा दिन दबाब बढेको थियो ।
मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्नुहुर्दै घिसिङले आफूले पदमा रहँदा देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताउनुभयो । आफूले लिएको राजीनामाको निर्णय जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र नागरिकप्रतिको प्रतिबद्धताको निरन्तरता भएको उहाँको भनाइ छ ।













