काभ्रे,
विश्वकप खेल्न भिषा आवेदन दिएका क्रिकेटर सन्दीपलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको छ । सन्दीपले समाजिक सञ्जालमार्फत आफुलाई भिषा दिन अमेरिका दुतावासले अस्विकार गरेको बताएका हुन् । उनले भिषा नपाएपछि सम्पुर्ण सुभेच्छुकसँग माफ समेत मागेका छन् । नेपाली टिमसँग जोडिन सन्दीपले अमेरिकाको भिषा माग गरेका थिए । तर नेपालस्थित अमेरिकी दुतावासले भिषा दिनलाई अस्विकार गरेको छ । नेपाललाई विश्वकपमा छनोट गराउन महत्वपुर्ण भुमिका खेलेका सन्दीपको भिषा अस्विकार भएसँगै उनी राष्ट्रिय टिमसँग सहभागी हुने विषय अन्यौलमा परेको छ ।
अदालतबाट सफाई पाएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका सन्दीप नेपाली टिममा समावेश हुन अमेरिका जाने तयारीमा थिए ।टी ट्वान्टी विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुदैछ । नेपाली टिम अमेरिका पुगिसकेको छ ।