काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिका वडा नं. ७ कटुन्जेबेशीमा अवस्थित श्री रोशी माध्यामिक बिद्यालयले आफ्नो ५३औं वार्षिकोत्सब भब्यताका साथ मनाएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा बिद्यालयको ५३औं वार्षिकोत्सब सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयको कक्षा ११ मा अध्यनरत छात्रा भगवती रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेस लामाले बिद्यालयको थप उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । यस बिद्यालयलाई ५३औं वार्षिकोत्सबसम्म ल्याईपुराउनको लागि लागिपर्नुभएका सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो । रोशी मा.वि ले आसपासका क्षेत्रहरुमा पुर्याएको शैक्षिक योगदान अतुलनिय र महत्वपुर्ण रहेको बताउनुहुदै आगामि दिनहरुमा पनि यहाँको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने विस्वास ब्यक्त गर्नुभयो ।
बिद्यालयले बिद्याथीहरुको शैक्षिक विकास सँगसँगै अतिरिक्त बिकासमा पनि उल्लेख्य कार्य गरेको बताउनुभयो । बिद्याथीहरुको प्रदर्शन, कला र सिर्जनात्मक बिकासको अवस्था देख्दा यो बिद्यालयले पनि सदरमुकामका अन्य बिद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउनुभयो । गाउँपालिकाले शिक्षाको क्षेत्रलाई बिशेस प्राथमिकतामा राखेर काम गदै आईरहेको अध्यक्ष लामाले बताउनुभयो । पालिकाले यो आ.ब मा पनि बिद्यालयको आफ्नो स्व ईच्छ्या र निर्णयले कार्यान्वयन गर्न मिल्नेगरी दुई लाख रुपैया शैक्षिक गुणस्तर र भौतिक पुर्वाधार सुधारको लागि बिनियोजन गरेको स्मरण गराउनुभयो । त्यस्तै वडाको बजेटबाट पनि एक लाख बिनियोजन गरेको जानकारी दिनुभयो । बिद्यालयको शैक्षिक बिकासका लागि पालिका सधै तयार रहने उहाँको भनाई छ ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) ले आगामि दिनहरुमा पनि बिद्यालयको उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । बिद्यालयको उन्नति प्रगतिको लागि अथक मेहनत, प्रयास गरेर यहासम्म ल्याउन सफल जनप्रतिनिधि ,अभिभावकहरु, शिक्षकहरुप्रति आभार ब्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रसाशकीय अधिकृत टंक बहादुर नेगीले बिद्यालय र बिद्याथीहरुको प्रगतीको लागि पालिका सधै तयार रहने बताउनुभयो ।
कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिबेदन बिद्यालयका प्रधान्याध्यापक रामसरण सिग्देलले प्रस्तुत गर्नुभएको थियो । गत बर्ष देखि स्थापना भएको बिद्यालय बस सन्चालन अक्षय कोषमा अहिलेसम्म दश लाख रुपैया जम्मा भएको छ । त्यसैगरि वार्षिकोत्सबको अवसरमा आजबाट पुरस्कार कोष स्थापना पनि स्थापना गरीएको छ । यो कोषमा शिक्षकहरुले आफ्नो जन्मदिनको अवसरमा केही रकम जम्मा गरिने बताईएको छ । यो कोषमा जम्मा भएको रकम बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्न प्रयोग गरीने बताईएको छ ।
कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न बिषयका सैक्षिक प्रदर्शनी, विभिन्न जात जातिको भेसभुसामा प्रदर्शन र नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै वार्षिकोत्सबको अवसरमा भएको बिभिन्न खेलकुदमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलार्ई मेडल प्रदान गरीएको थियो भने उत्कृस्ट शिक्षकहरुलाई पनि प्रमाणपत्र खादा मालाद्धारा सम्मान गरिएको थियो ।
बिद्यालयका बिब्यस अध्यक्ष राम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, बिभिन्न बिद्यालयका शिक्षकहरु, अभिभावकहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।












