काभ्रे,
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँको बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उहाँकोे पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनाएको छ । ।














