सृजना तामाङ,काभ्रे
रोशी गाउँपालिकाले आजबाट दोस्रो चरणको बजार अनुगमन कार्य सुरु गरेको छ । रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामा सहित प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारी, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङ, रोशी गाउँपालिका प्रशासन शाखा प्रमुख धनवीर तामाङ, राजश्व शाखा प्रमुख राजन श्रेष्ठ, पे्रस सल्लाहकार सृजना तामाङ बजार अनुगमन फोकल पर्सन सचिव जय प्रसाद गजुरेल लगायतको टोलीले अनुगमन गरेका छन् ।
एक महिना अगाडि गरिएको अनुगमनको तुलनमा यो पटक छिटफुट मात्रामा मात्र म्याद नाघेका सामगग्री फेला पारेको खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारीले जानकारी दिए । हाल व्यवसायीहरुले आ–आफ्नो पसल दर्ता गरेको र पहिलाको तुलनमा गुणस्तरीय खाद्य सामग्री विक्रि वितरण गरिएको व्यवसायीहरु पनि सचेत रहेको रोशी गाउँपालिका अध्यक्ष डि.वी. लामाले बताए । साथै चाडपर्वमा ग्राहक हरुलाई म्याद नाघेको सामग्री विक्री वितरण हुन सक्ने हुनाले गाउँपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने अध्यक्ष लामाले बताएका छन् । अनुगमनको क्रममा विभीन्न पसलहरुबाट अखाद्य तथा म्याद गुज्रेका बस्तुहरु नष्ट गरिएको थियो ।

Facebook Comments Box