रोशी सहकर्मी–पौष २७,
रोशी/

जिल्लाको रोशी गाँउपालिकाले माघ १ गते सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाँउपालिकाले आज अध्यक्ष डि.बि.लामा द्धारा हस्तक्षरीत विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो । विक्षप्तीमा माघे संक्रान्तीको अवसरमा सो दिन गाँउपालिकाको सम्पुर्ण कार्यलय, विधालय, संघ संस्थाहरु बन्द हुने भनीएको छ । माघे वा मकर संक्रान्ति भनेर मनाईने पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

Facebook Comments