रोशी सहकर्मी–पौष २९,
काभ्रे/

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नगर(प्रमुख टोक बहादुर वाईवाको अध्यक्षतामा बसेको सभामा उप–प्रमुख निर्मला शाहीले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
सभामा आ.व. २०७६÷०७७ सामाजिक सुरक्षा भत्ता बाहेक नगरले ७६ करोड ७७ लाख ४० हजार ६ सय ४८ रकमको बजेट स्वीकृत गरेकोमा हालसम्म २२.८५ प्रतिशत चालु र ८.३५ प्रतिशत पूजिगत तर्फ मात्रै खर्च गरेको नगर प्रमुख वाईवाले बताए । आर्थिक बर्ष २०७६÷७७ मा सम्झौता भएका १ सय ४ योजना मध्ये १३ वटा योजनामा काम सम्पन्न भईसकेको नगर प्रमुख वाइबाले जानकारी दिए । नगरप्रमुख वाईबाले शिक्षा, स्वास्थ्य, सिंचाई, सडक, पुनःनिर्माण, कृषि, पर्यटन लगायतका बारेमा प्रगति विवरण र समिक्षा गरिएको थिए ।
सभामा विधायन समितिका संयोजक लक्ष्मण प्रसाद बास्ताकोटीले सार्वजनिक खरिद नियमावली २०७६ को मस्यौदा, आर्थिक ऐन २०७६ मा संसोधन, मदिरा उत्पादन, विक्रि वितरण प्रयोग तथा नियन्त्रण सम्बन्धित मस्यौदा लगायतका प्रस्ताव पेश गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधिहरु, पालिकाका कर्मचारीहरु लगायको उपस्थिति रहेको थियो ।

Facebook Comments Box