Wednesday, August 5, 2026
Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

RadioRoshi by RadioRoshi
शनिबार, पुस ५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

तस्विरः तिर्थराज थिङ

601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि माध्यमिक शिक्षा परीक्षा एसइई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र सम्बन्धित विषयका शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक वर्ष २०८० र २०८१ का विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई सम्मान गरिएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षा नै समृद्धिको आधार भएको बताउनुभयो । बिद्यार्थीहरुको यो सफलताले सम्पूर्ण गाउँपालिकाको शिर उच्च बनाएको उहाँले भन्नुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले प्रोत्साहनका यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) ले बताउनुभयो ।

शैक्षिक वर्ष २०८१ मा साधारण धारतर्फ रोशी–९ मंगल जनविजय मावि का छात्र निशान खरेलले ३.६१ जिपिए सहित गाउँपालिका प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । त्यस्तै, रोशी–५ भुमेस्थान मावि कि छात्रा अन्जीला लामा (३.६ जिपिए) ले दोस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ३० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

त्यसैगरि रोशी–६ हरिसिद्धि मावि का बिद्यार्थी निमा तामाङ (३.५४ जिपिए) ले तेस्रो स्थान प्राप्त गर्नुभएको छ। उहाँलाई नगद २० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । प्राविधिक धारतर्फ रोशी–२ लक्ष्मीनारायण मावि कि छात्रा वन्दना खत्रीले ३.६७ जिपिए सहित प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

त्यस्तै अघिल्लो वर्ष २०८० मा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरू प्रतिमा यादव (साधारण धारतर्फ रोशी–९ मंगल जनविजय मावि), भानुभक्त वि.क.(साधारण धारतर्फ रोशी–११ पोक्रा मावि), भुवनेश्वरी गौतम (साधारण धारतर्फ रोशी–७ रोशी मावि) र प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा हासिल गर्नुभएको रोशी–२ लक्ष्मीनारायण मावि कि छात्रा प्रतिमा थापालाई सम्मान गरिएको छ। उनीहरुलाई क्रमशः ४०, ३०, २०, ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

त्यसैगरी २०८१ को परिक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरूमा लक्ष्मीनारायण मावि कि अंग्रेजी विषय शिक्षिका सरस्वती श्रेष्ठ,गणेश मावि का नेपाली विषय शिक्षक राजकुमार रायमाझी, हरिसिद्धि मावि का गणित विषय शिक्षक शेर बहादुर लामा, भुमेस्थान मावि का विज्ञान विषय शिक्षक मदन भण्डारी, भुमेस्थान मावि का सामाजिक विषय शिक्षक गणबहादुर जिम्वा रहेका छन् ।

त्यसैगरी, भुमेस्थान मावी कै अर्थशास्त्र विषय शिक्षिका सुजिना वि.क, चेतना मावि का गणित विषय शिक्षक मुकेश प्रसाद गिरी, गणेश मावि का शिक्षा विषय शिक्षक प्रदिप मुक्तान र हरिसिद्धि मावि का ऐ द्धितीय लेखा विषय शिक्षक प्रकाश अधिकारी रहनुभएको छ । विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई जनहि ४ हजार रुपैयाँका नगद र खादा माला सहित सम्मान गरिएको हो ।

Previous Post

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

Next Post

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रोशीका ५९ बर्षीय तामाङ पक्राउ

ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रोशीका तामाङ पक्राउ

सोमवार, मंसिर १८, २०८०
उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक

उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक

शुक्रबार, अशोज १८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.