काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि माध्यमिक शिक्षा परीक्षा एसइई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र सम्बन्धित विषयका शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक वर्ष २०८० र २०८१ का विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षा नै समृद्धिको आधार भएको बताउनुभयो । बिद्यार्थीहरुको यो सफलताले सम्पूर्ण गाउँपालिकाको शिर उच्च बनाएको उहाँले भन्नुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले प्रोत्साहनका यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ गाउँपालिका उपाध्यक्ष मिम बहादुर याइबा (ज्वाला) ले बताउनुभयो ।
शैक्षिक वर्ष २०८१ मा साधारण धारतर्फ रोशी–९ मंगल जनविजय मावि का छात्र निशान खरेलले ३.६१ जिपिए सहित गाउँपालिका प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । त्यस्तै, रोशी–५ भुमेश्वर मावि कि छात्रा अन्जीला लामा (३.६ जिपिए) ले दोस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ३० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
त्यसैगरि रोशी–६ हरिसिद्धि मावि का बिद्यार्थी निमा तामाङ (३.५४ जिपिए) ले तेस्रो स्थान प्राप्त गर्नुभएको छ। उहाँलाई नगद २० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । प्राविधिक धारतर्फ रोशी–२ लक्ष्मीनारायण मावि कि छात्रा वन्दना खत्रीले ३.६७ जिपिए सहित प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँलाई नगद ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै अघिल्लो वर्ष २०८० मा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरू प्रतिमा यादव (साधारण धारतर्फ रोशी–९ मंगल जनविजय मावि), भानुभक्त वि.क.(साधारण धारतर्फ रोशी–११ पोक्रा मावि), भुवनेश्वरी गौतम (साधारण धारतर्फ रोशी–७ रोशी मावि) र प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा हासिल गर्नुभएको रोशी–२ लक्ष्मीनारायण मावि कि छात्रा प्रतिमा थापालाई सम्मान गरिएको छ। उनीहरुलाई क्रमशः ४०, ३०, २०, ४० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
त्यसैगरी २०८१ को परिक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरूमा लक्ष्मीनारायण मावि कि अंग्रेजी विषय शिक्षिका सरस्वती श्रेष्ठ,गणेश मावि का नेपाली विषय शिक्षक राजकुमार रायमाझी, हरिसिद्धि मावि का गणित विषय शिक्षक शेर बहादुर लामा, भुमेश्वर मावि का विज्ञान विषय शिक्षक मदन भण्डारी, भुमेश्वर मावि का सामाजिक विषय शिक्षक गणबहादुर जिम्वा रहेका छन् ।
त्यसैगरी, भुमेश्वर मावि कै अर्थशास्त्र विषय शिक्षिका सुजिना वि.क, चेतना मावि का गणित विषय शिक्षक मुकेश प्रसाद गिरी, गणेश मावि का शिक्षा विषय शिक्षक प्रदिप मुक्तान र हरिसिद्धि मावि का ऐ द्धितीय लेखा विषय शिक्षक प्रकाश अधिकारी रहनुभएको छ । विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई जनहि ४ हजार रुपैयाँका नगद र खादा माला सहित सम्मान गरिएको हो ।















