रोशी सहकर्मी–माघ २,
२०७६,काभ्रे/

नमोबुद्ध उद्योग बाणिज्य संघले तामाङ जातीको ल्होछार पर्वको अवसरमा भकुण्डेबेशीमा माघ ९ देखी १९ गते सम्म महोत्सव गर्ने भएको छ । बिहीबार बनेपामा पत्रकार सम्मेलन मार्फत नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले धर्म संस्कृति, रीतिरिवाज, कलासंस्कृति एवम् उत्पादित बस्तुको प्रचार र जर्गेना गर्न महोत्सव गर्न लागेको जानकारी दिनुभयो ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरेर पर्यटकीय स्थल नमोबुद्ध लगायत त्यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो । लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टल, स्वास्थ्य शिविर, खेलकुद सामग्री, दैनिक आवश्यक सामग्री लगायतका १०० स्टल रहने जनाइएको छ । मनोरञ्जनका खेल, रोटे पिङ, नाउँ, काररेस, ब्रेक डान्स, ड्राइगन, मिकिमाउस, विभिन्न जादु लगायतका विभिन्न बालमनोरञ्जनका सामग्री यस महोत्सवमा रहने आयोजकको भनाई छ । उक्त महोत्सवमा एक लाख ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

Facebook Comments