रोशी सहकर्मी–माघ ४,
२०७६,रोशी/

रोशी गाँउपालिका वडा नं ७ चारसय वेशीमा ल्होछार मेला कार्यक्रम हुने भएको छ । तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” मुसा वर्षको अवसरमा रोशी गाँउपालिकाको सहयोग र बर पिपल युवा क्लबको संयोजकत्वमा गाँउपालिका स्तरीय बृहत तीन दिने सोनाम ल्होछार कार्यक्रम २०७६ को आयोजना हुने भएको हो ।
माघ १० गतेबाट सुरुहुने कार्यक्रम ३ दिन सम्म चन्ले आयोजक समितिले जनाएको छ । माघ १०, ११ र १२ गते ३ दिन सम्म चल्ने मेलाको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी रोशी गाँउपालिका प्रमुख दल बहादुर लामाले गर्ने छन् । त्यस्तै कार्यक्रममा रोशी गाँपालिकाका १ देखी १२ वटै वडाका वडाअध्यक्षहरु समेतको उपस्थित हुने छन् । उद्धघाटनका दिन श्रदय गुरु छ्योकी रिङ्मा रिन्र्पाछे द्धारा पुजा अर्चना गरी प्रवचन सहित ल्होछारको सुरुवात गरिने छ । ११ र १२ गते राष्ट्रिय स्तरका कलाकारहरुको विशेष साङ्गीतीक प्रस्तुतीहरु रहने आयोजक समितिले जनाएको छ ।

Facebook Comments