रोशी सहकर्मी–माघ ५,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाँउपालिकाले २८५६ औँ सोनाम ल्होछारका अवसरमा यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मान जनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको बताए । सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको उनले बताए ।
यसअघि, यही माघ १ गते संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व) का अवसरमा रोशी गाउँपालिकाले सार्वजनिक सूचना मार्फत सार्वजनिक विदा दिएको थियो । त्यस्तै जिल्लाका पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत गाँउपालिकाले पनि सार्वजनीक सुचना मार्फत त्यस दिन विदा दिएका थिए ।

Facebook Comments