रोशी सहकर्मी–माघ ९,
२०७६,काभ्रे(भकुण्डे)/

नेपाल पर्यटन बर्ष २०२० तथा तामाङ जातीको ल्होछार पर्वको अवसर पारेर दोस्रो नमोबुद्ध महोत्सव सुरु भएको छ । नमोबुद्ध नगरपालिकाको वडा न ४ भकुण्डेबेशीमा सुरु भएको ११ दिने महोत्सवको संघिय प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ (बम ध्वज) ले भव्य समारोहका बिच उद्धघाटन गरेका हुन् ।
नमोबुद्ध उद्योग बाणिज्य संघले गरेको महोत्सव माघ ९ देखी १९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले धर्म संस्कृति, रीतिरिवाज, कलासंस्कृति एवम् उत्पादित बस्तुको प्रचार र जर्गेना गर्न महोत्सव गरिएको बताए । उनले तामाङ जातीको ल्होछार पर्व पनि परेकाले तामाङ जातीको रहनसहन, लोपन्मुख बाजाबाजा समेत महोत्सवमा रहेको बताए । नेपाल भ्रमण बर्षमा पर्यटकीय स्थल नमोबुद्ध मात्र होइन नमोबुद्ध नगरपालिकामा अन्य पनि स्थल पर्यटनका लागि उपयुक्त छन भन्नका लागि ११ दिने महोत्सव गरिएको उनको भनाई छ ।
महोत्सवमा लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टल, स्वास्थ्य शिविर, खेलकुद सामग्री, दैनिक आवश्यक सामग्री लगायतका ६० स्टल रहेका छन ।
मनोरञ्जनका खेल, रोटे पिङ, नाउँ, काररेस, ब्रेक डान्स, ड्राइगन, मिकिमाउस, विभिन्न जादु लगायतका विभिन्न बालमनोरञ्जनका सामग्री यस महोत्सवमा रहने आयोजकको भनाई छ । उक्त महोत्सवमा एक लाख ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

Facebook Comments