रोशी सहकर्मी–माघ ९,
२०७६,काभ्रे/

जिल्लाको डाँडापरी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका साक्षर घोषणा भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समुहका निरक्षर मध्ये ९७.८९ प्रतिशत साक्षर भएपछि सोमबार नेकपाका नेता जनार्दन शर्माले साक्षर गाँउापालिका घोषणा गरेका हुन् । २०६८ सालको जनगणना अनुसार गाउँपालिकाभित्र ३ हजार ९ सय ८८ जनसंख्या निरक्षर थियो । गाउँपालिकाभित्र निरक्षर ब्यक्तिलाई साक्षर बनाउन डाँडापारी सामुदायिक सिकाई केन्द्र, ल्हासो म्हेन्दो फ्याफुल्ला सिकाई केन्द्र र इन्द्रेणी सामुदायिक सिकाई केन्द्रले बिशेष अभियान चलाएका थिए । त्यस्तै गाउँपालिका भित्ररहेका माध्यामिक बिद्यालयहरुले पनि साक्षर अभियान चलाएको पालिका साक्षर घोषणा कार्यक्रमका संयोजक खुबनाथ दुलालले जानकारी दिए । पालिकाभित्र माबि, आधारभूत र प्रावि गरि ४९ वटा बिद्यालय रहेका छन् ।

Facebook Comments