Tuesday, May 12, 2026
Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर २८, २०८१
in प्रदेश खबर
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden Image


काभ्रे,

युनिभर्सल डेण्टल हस्पिटल, कलंकी काठमाडौको प्रवन्ध निर्देशक राजेन्द्र लामाले गणेश माध्यमिक विद्यालय रोशी १२ काभ्रेपलाञ्चोकमा अध्ययनरत २५२ जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) उपलब्ध गराउनुभएको छ ।

You might also like

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

गणेश मा.वि.को ६१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा उक्त कपडा वितरण गरीएको हो । चिसो मौसमको कारण दिनभरी कक्षाकोठामा बसेर अध्ययन गर्न कठिन भईरहेको अवस्थामा स्वेटर पाए पछि विद्यार्थीहरु खुसी भएका छन् ।

गणेश माध्यमिक विद्यालयले प्रबन्ध निर्देशक राजेन्द्र लामालाई अनुरोध गरे पछि लामाले विद्यालयलाई स्वेटर पठाएको हो । गणेश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि एक अक्षयकोष पनि स्थापना गरेको छ ।

विद्यालयको संस्थापक सदस्य ललितबम रायमाझीको परिवारले एक लाख पाँच हजार रुपैयाँ नगद गत वर्ष नै उपलब्ध गराएर शुरु भएको उक्त अक्षय कोषमा संस्थापक कोषाध्यक्ष बखत सिंह लामाको परिवारले यसै वार्षिक उत्सवको अवसरमा पचपन्न हजार पाँचसय पचपन्न रुपैया नगद उपलब्ध गराएको छ ।

अक्षय कोषमा पूर्व विद्यार्थी एवं नेपाल सरकारको शाखा अधिकृत विजय मुक्तानले पचास हजार र पुर्व विद्यार्थी तथा समाज सेवी विलाम मुक्तानले पच्चिस हजार जम्मा गर्ने बचन दिनुभएको छ ।

एक करोढ बराबरको अक्षयकोष स्थापना गरेर प्राप्त व्याज बाट विद्यार्थीहरुको सिकाई गुणस्तर अभिवृद्धिको क्रियाकलाप सञ्चालन गर्ने उदेश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गुणराज मुक्तानले बतउनुभयो । उक्त अक्षय कोषमा सहयोग संकलनको लागि उक्त विद्यालयबाट पास आउट भएका पूर्व विद्यार्थीहरुलाई आव्हान गरेको छ ।

गणेश मा.वि को ६१औं वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक भेला तथा अन्तरक्रियामा विद्यालयको समस्याहरुको बारेमा पनि आवाज उठेको थियो । विद्यालायको पढाई क्रमागत रुपमा सुधार हुँदै गएको, कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको र एस ई ई परीक्षामा पनि सन्तोषजनक नतिजा हासिल गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।

विद्यालयमा खानेपानी र शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने आवाज पनि अभिभावकहरुले उठाएका छन् । रोशी गाउँपालिका प्रवक्ता एवं त्यसै वडाको वडा अध्यक्ष बसन्त तामाङले विद्यालयको खानेपानी र शौचालयको समस्या समाधान गर्ने बचन दिनुभएको छ ।

त्यस्तै स्व. पूर्ण सिं स्मृति प्रतिष्ठानद्वारा विद्यालयको आधारभूत तह र माध्यमिक तहका दुई जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार उपलब्ध गराएका छन् भने कक्षा गत प्रथम विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुरस्कार उपलब्ध गरीएको छ ।

यस्तै संस्थापक सदस्य स्व. मेघनाथ मैनालीको स्मृतिमा नाती सुकदेव मैनालीले बिद्यालयको बालक्लबलाई रु. २,५०० रकम सहयोग हस्तान्तरण गरीएको छ ।

विद्यालयको ६१औं वार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगितामा विजेता प्रतियोगीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरीएको थियो । साथै शिक्षक तथा बाल विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, अभिभावकहरु, शिक्षक एवम् विद्यार्थीहरु साथै बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कक्षा ९ देखि १२ सम्मको विद्यार्थीहरुलाई मुल विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र अन्य कक्षाको विद्यार्थीहरुलाई सुधारात्मक कक्षा सञ्चालन गरेको र यसको प्रभाव विद्यार्थीको सिकाईमा देखा परेको प्रधानाध्यापक तीर्थलाल मोक्तानले जानकारी दिनुभयो । आगामी वर्षमा छात्रावासको व्यवस्थापन गरेर आवासीय कक्षा सञ्चालन गर्ने योजना समेत रहेको प्रधानाध्यापक मोक्तानले बताउनुभयो ।

Previous Post

अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

Next Post

राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

by RadioRoshi
मङ्लबार, चैत्र १०, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
Next Post

राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मेडिकल उपकरण खरिदमा भ्रष्टाचारको आरोपः ७ जना विरुद्ध मुद्दा दायर

मेडिकल उपकरण खरिदमा भ्रष्टाचारको आरोपः ७ जना विरुद्ध मुद्दा दायर

आइतवार, चैत्र १८, २०८०
गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

बुधबार, बैशाख १०, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.