बैशाख २२,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा आज (बुधबार) ७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ६ जना पालिकाका कर्मचारी रहेको स्वास्थ्य शाखाका दिल रत्न शाक्यले जानकारी दिए । उनका अनुसार ३ जना स्वास्थ्यकर्मी, ३ जना प्रशासनका कर्मचारी हुन भने १ जना जिल्लामा स्वाब दिएकाले विवरण आउन बाँकि रहेको ।

गत शनिबार रोशी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो । उनि सँग क्लोज कन्ट्यामा रहेका ९ जनाको स्वाव कलेक्सन गरी पठाईएकोमा आज ६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै रोशी गाउँपालिकामा कोरोना संक्रमितको सक्रिय संक्रमित संख्या १५ पुगेको छ । जसमा ११ जना जिल्ला भित्र छन् भने ४ जना बाहिर रहेको स्वास्थ्य कार्यलय काभ्रेले जानकारी दिएको छ ।

काभ्रे जिल्लामा आज (बुधबार) १ सय ५८ जनामा कोरोना पुष्टि भएको छ भने १६ जना निको भएका छन् । ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । जसमा काभ्रेका २ जना हुन् भने जिल्ला बाहिरका २ जना रहेको कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार:

Facebook Comments Box