रोशी सहकर्मी–माघ ९,
२०७६,काभ्रे/

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ अड्डा बजारमा ५५ करोड रुपैयाँ लागत लाग्ने अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ । हाल अड्डा बजारमा रहेको खेलमैदानमा नै निर्माण हुने नयाँ रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।
डिपिआर अनुसार रंगशाला निर्माणका लागि ५५ करोड रुपैयाँ लागत लाग्नेछ । हाल २३ रोपनी क्षेत्रफलमा फैलीएको खेलमैदान अब ३५ रोपनी श्रेत्रफलमा बन्ने डि.पि.आर.मा उल्लेख छ । रंगशाला निर्माणको काम यसै आर्थिक वर्षबाट सुरु हुने इन्जिनियर हुमागाईले जानकारी दिए । उनका अनुसार चार तल्ले भवन, मल्टिप्लेक्स हल, स्मार्ट पार्किङ, अपाङ्गमैत्री सडक तीन वर्ष्भित्रमा निर्माण पुरा हुनेछ ।
डिपिआरमा ६ हजार दर्शक अट्ने गरी डिजाइन गरिएको भए पनि पहिलो चरणमा २० करोड रकम खर्च गरि निर्माण गरिने रंगशालामा ४ हजार जना दर्शक अट्ने छन् ।

Facebook Comments Box