
रोशी सहकर्मी–माघ ११,
२०७६,भकुण्डेबेशी (कुटुम्ब रिसोर्ट)/
भकुण्डेबेशी जेसीज बर्ष २०२० का अध्यक्ष श्रीकृष्ण अधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले एक समारोहका बिच नव नियुक्त अध्यक्ष अधिकारीलाई सपथ ग्रहण गराएका हुन् । संस्थाको नवौं अधिवेशन तथा १० औं बार्षिक साधारण सभाबाट अधिकारी सहित १० कार्यसमिति चयन भएका थिए । उक्त समारोहमा कार्यकारिणी उपाध्यक्ष श्रीहरी अधिकारी, उत्तम सुन्दास, महासचिव सुदर्शन चिमौरिया, कानुनी सल्लाहकार सुमन दाहाल, कोषाध्यक्ष प्रमोद काफ्ले, उपाध्यक्ष शिव न्यौपाने, प्रकाश तिमल्सिना, बद्रि तिमल्सिना, राजु तिमल्सिनालाई वर्तामान अध्यक्ष श्रीकृष्ण अधिकारीले सामुहिक सपथ ग्रहण गराएका छन् ।
त्यसैगरी भकुण्डेबेशी जुनियर जेसीजको बर्ष २०२० को अध्यक्ष विजय लामाले पनि सपथ तथा पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष सिरिष थपलियाले सोही कार्यक्रममा नव नियुक्त वर्ष २०२० का अध्यक्ष लामालार्ई सपथ ग्रहण गराएका हुन् । साथै कार्यकारी उपाध्यक्ष सनुप श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ, महासचिवमा विजय खनाल, कानुनी सल्लाहकार रजिना श्रेष्ठ, कोषाध्यक्ष स्वस्तिका परियार तथा उपाध्यक्षहरु अमृता काफ्ले सन्तोषी सिलवाल, निकि श्रेष्ठ र पुर्णिमा श्रेष्ठलाई नव नियुक्त अध्यक्ष विजय लामाले सपथ ग्रहण गराएका छन् ।
सपथ पछि निवर्तमान अध्यक्षहरुबाट नव नियुक्त अध्यक्ष द्धयलाई जेसिज चेन हस्तान्तरण गरिएको थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर सभापति कुन्साङ लामा, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठ, नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष बिदुर प्रसाद बर्तौला, भकुण्डे प्रहरी चौकिका ईन्चार्ज अशोक महतो, संस्थाका प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरु, शिक्षक, समाजसेवीहरको उपस्थििति रहेको थियो ।


