रोशी सहकर्मी–माघ १३,
२०७६,रोशी/

जिल्लाको रोशी गाँउपालिका वडा नं ७ चारसय वेशीमा आयोजित गाँउपालिका स्तरीय बृहत ३ दिने ल्होछार मेला कार्यक्रम सम्पन्न छ । तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” मुसा वर्षको अवसरमा रोशी गाँउपालिकाको सहयोग र बर पिपल युवा क्लबको संयोजकत्वमा गाँउपालिका स्तरीय बृहत तीन दिने सोनाम ल्होछार कार्यक्रमको आयोजना भएको हो । ल्होछारको पहिलो दिन श्रदय गुरु छ्योकी रिङ्मा रिन्र्पाछे द्धारा पुजा अर्चना गरी प्रवचन सहित ल्होछारको सुरुवात भएको थियो । दोश्रो दिन हिजो जनप्रतिनिधि, समाज सेवीहरुकाको उपस्थिति रहेको थियो । कार्यक्रममा मौलीक झाँकी, खैजडि भजन साथै राष्ट्रिय स्तरका कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै आज अन्तिम दिन राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति सँगै मेलाको समापन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गाँउपालिका अध्यक्ष डि.वि.लामा, गाँपालिकाका १ देखी १२ वटै वडाका वडाअध्यक्षहरु, समाजसेवी, बुद्धिजिवीहरुको आतिथ्यता रहेको थियो । तामाङ समुदायको बाहुल्यता रहेको गाँउपालिका मा ल्होछार मनाउन गाँउपालिकाले ३ दिन सार्वजनीक बिदा दिएको छ ।

Facebook Comments Box