रोशी सहकर्मी–माघ १६,
२०७६,कटुञ्जे/

जिल्लाको रोशी गाँउपालिकाले यहि माघ मसान्त सम्म साक्षर गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ । रोशी गाँउपालिकाका अधयक्ष दल बहादुर लामा (डि.बि.) को अध्यक्षतामा बसेको ४१ औँ कार्यपालिका बैठक ले यस्तो निर्णय गरेको हो ।
बैठकले गाउँसभा मार्फत स्वीकृत बजेटबाट रोशी गाउँपालिकाले खरिद गरेको २ ओटा एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल वडा न ११ र ५ लाई चालक सहित माघ मसान्त सम्ममा सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गर्ने बताईएको छ ।
त्यस्तै कार्यपालिका बैठकले रोशी गाउँपालिका वडा नं ११ मा रहेको नयाँ किरण विद्युत सहकारी संस्था सँग आर्थिक लगायत अन्य गतिविधि नगर्न अनुरोध पनि गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाबाट निकासा लिएको रकमका साथै संस्थाको अन्य आय व्यय विवरण सार्वजनिक गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराएकोमा हाल सम्म कुनै जानकारी प्राप्त नभएको र श्री डि.जी एण्ड एशोसियट्स काठमाण्डौ सँग कुनै सम्बोधन नगरेको कारण सो सस्ंथा हाललाई कारवाहीको पक्रियामा छ ।
गरीवी निवारणका लागि चालु आर्थिक वर्ष २०७६÷७७ मा घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलान्चोक मार्फत लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि वडा नं ४ लाई छनोट गरिएको पनि बैठकमा जानकारी गराईएको थियो । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धि कार्यविधी बमोजिम आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि रोशी गाउँपालिका वडा नं १० र ३ लाई बैठकले छनौट गरेको छ ।

Facebook Comments