रोशी सहकर्मी–माघ १७,
२०७६,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा छैटौँ नगरसभा सम्पन्न भएको छ । आज (शुक्रबार) पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको अध्यक्षतामा बसेको छैटौँ नगरसभाले वन ऐन पारित गरेको छ ।
ऐनमा वनमा इको टुरिजम सञ्चालन गर्न सक्ने ब्यवस्था समेत गरिएको प्रवक्ता सञ्जय लामाले जानकारी दिए । त्यस्तै ऐनमा सामुदायिक वनको आर्थिक उपार्जन, सरकारी वनको संरक्षण र निजी वन प्रवद्र्धन गर्ने बारेपनि उल्लेख गरिएको छ ।
ऐन, कानुन र नीति, नियम बनाउने र संशोधन नगर्ने सभाको रुपमा लिइने हिउँदे अधिवेशनले विभिन्न ४ वटा ऐन संशोधन गरिएको प्रवक्ता लामाले बताए । यसअघि पारित भएका शिक्षा, सहकारी, आर्थिक र पलाञ्चोक भगवती विकास कोष सञ्चालन गर्न बनेको ऐन संसोधन गरिएको छ ।
सभामा उप–प्रमुख लक्ष्मी दनुवारले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन । उपप्रमुख दनुवारका अनुसार पाँचखाल नगरपालिकामा जम्मा ३ सय १ वटा योजना रहेको छ । ती योजनाहरु मध्यमा हालसम्म १ सय २५ वटा अर्थात ४१.५३ प्रतिशत योजना संझौता भएको छ । भुक्तानी संख्या भने ४१ वटा अर्थात १३.६२ प्रतिशत रहेको छ ।

Facebook Comments