तेमाल, असोज १६
गत असार २६ देखि २८ गते सम्म परेको अविरल बर्षाका कारण क्षतीग्रस्त भएको काल्धार, मेटुवाल, कुरुवास, चापाखोरी, धुल्खु जाने सडक पुनः संचालनमा आएको छ । दशैँको बेलामा कोही कसैले समस्या खेप्नु नपरोस भनि सो पुल निर्माण गरी संचालनमा ल्याएको तेमालका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । बर्षात पस्चात क्षतिग्रस्त भएको उक्त सडक बन्द हुँदा त्यहाँ बसोवास गर्ने स्थानीयहरु आवात जावतमा कठिनाई भोग्दै आइरहेका थिए ।
“पुल भत्कँदा यहाँका जनताहरु निकै लामो दुरी पार गर्नुपर्ने बाध्यता थियो, अब त्यो अन्त्य भएको छ” लामाले भने । काभ्रेका विभिन्न स्थानमा सडक मर्मत नभएको स्थानीयको गुनासो आईरहँदा तेमाल गाँउपालीकाले भने चाडको मुखमा जनताको सहजताका लागी यस्तो काम गरेको हो ।
पुल संगै हरेक वडामा भएका सडक पनि मर्मत गरिएको छ । एक महिना अघि देखि बर्षत पछि थुप्रै ठाँउमा बिग्रीएको सडक अब भने गाँउपालीका भरिका वडा नं १ देखि ९ सम्मका सबै सडक मर्मत पस्चात संचालनमा आएको प्रवक्ता लामाले जानकारी दिएका छन् । हरेक टोल टोलमा बाटो पुर्याएको उनको दावी छ ।

Facebook Comments