रोशी सहकर्मी–माघ २०,
२०७६,काभ्रे/

नेपाल रेडक्रस सोसाइटीले काभ्रेका दुई गाउँपालिकालाई स्वास्थ्यकर्मी सहित एम्बुलेन्स हस्तान्तरण गरेको छ । सञ्चार तथा सूचना प्रविधीमन्त्री मन्त्री गोकूलप्रसाद बास्कोटाले बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउ“पालिकालाई स्वास्थ्यकर्मी सहितका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीको ग्रामिण आपतकालिन तथा ट्रमा प्रणाली सुदृढिकरण परियोजना अन्तर्गत प्राप्त ती एम्बुलेन्सका चावी बेथानचोकका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र चौरीदेउरालीका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गर्नुभयो । उहा“ले एम्बुलेन्सको सबै भेगमा आवश्यकता भएको भन्दै सञ्चालन गर्न सडकको अवश्था सुधार्न लाग्ने प्रतिवद्धता जनाउनुभयो । रेडक्रसलाई विशुद्ध मानवीय भावनासंग जोड्न आवश्यक रहेको भन्दै जहाँ मान्छे त्यहाँ रेडक्रस पुग्नसक्नुपर्ने बताउनुभयो ।
रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बालकृष्ण सेढाईका अनुसार, इसिजी, नेबुलाइजर, इन्टुबेसन, क्याथेटर, अक्सिजन सिलिण्डर, सुत्केरी गराउने साधन सहित २५ आकस्मिक सेवामा प्रयोग हुने औषधीसहितका सामाग्री छन् । स्वास्थ्यकर्मीको व्यवस्थापन पनि रेडक्रसले नै गर्नेछ ।

Facebook Comments