काभ्रे,
रोशी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशन भोलि असार १० गते पालिकाको सभा हलमा हुने भएको छ । उक्त अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम , वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिनेछ । भोलि असार १० गते गाउँपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङद्वारा हस्ताक्षरित एक सूचना प्रवाह गर्दै जानकारी गराईएको छ ।