रोशी सहकर्मी–बैशाख १०,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिकाले आफ्नो नागरिकको उद्धार गरेको छ ।

काठमाण्डौ र बनेपामा ‘लकडाउन’ पछि समस्यामा परेका आफ्नो पालिकाको उद्धार गरेका पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । आज (बुधबार) बिहान २ बजे ४ वटा बस मार्फत आफ्ना नागरिकहरुको उद्धार गरिएको पालिका प्रमुख जिम्बाले जानकारी दिए ।

गाउँ फर्केकाहरुलाई पालिका अध्यक्ष जिम्बाले बाहिर अनावश्यक रुपमा हिड्डुल नगर्न आग्रह गरेका छन् । उनका अनुसार यो बेला आफुमात्रै बच्ने होइन अरुलाई पनि बचाउने हो ।

महाभारत गाउँपालिकाले बसमा चढाउनु पहिले सबै यात्रुको ज्वरो जाँच गरिएको थियो ।

Facebook Comments