रोशी सहकर्मी–असार १३,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक र अन्तर्राष्ट्रिय स्तरमा सु–प्रशिद्व रहेको धार्मिक शक्तिपिठ पलाञ्चोक भगवती मन्दिरको गुठियारलाई बाध्य वाधन समाग्रि हस्तातरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, वडा नम्बर ९ का अध्यक्ष किरण श्रेष्ठले संयुक्तरुपमा उक्त सामग्री बितरण गरेका हुन् ।

बाध्य बादन पलाञ्चोक भगवति मन्दिर सँग सम्बन्धित विभिन्न मेला पर्व दैनिकी नित्यपुजा, आरती, पुजा, चन्डि पुर्णिमा मेला, बडा दशै रथयात्रा, लाखे गाईजात्रा पर्व लगाएत अन्य विशेष पुजा पर्वहरुमा प्रयोग हुने बाद्यबादनका सामग्री ढिमे, ढमाहा, टेम्को, मवालि, कर्नाल र बेन्डबाजाको १ सेट गरि नेवार समुदायका गुठियार र दर्जि समुदायका गुठियार लाई हस्तान्तरण गरिएको हो ।

२ सेट बाजागाजाहरु एक नेवार समुदायका गुठियारले प्रयोग गर्नेछन् भने अर्को सेट दर्जी समुदायले प्रयोग गर्ने छन् । आर्थिक वर्ष २०७६/०७७ को पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा बिनियोजित रकम रु दुई लाखबाट सोहि बराबरको सामाग्रि खरिद गरिएको हो ।

Facebook Comments Box