Friday, July 10, 2026
Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख २९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु भएको छ । सिबिएम ग्लोबलको आर्थिक सहयोगमा स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) ले गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा हिजो यो परियोजना रोशी गाउँपालिकामा सुरु गरेको हो । यो परियोजनामा एचआरडिसीले अपाङ्गता भएका बालबालिकाको उपचार, हेरचाह तथा अपाङ्गता पहिचान लगायतको क्षेत्रमा काम गर्नेछ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले परियोजना सञ्चालनका लागि आफ्नो पालिकालाई छनोट गरेकोमा रिमरेग संस्थालाई धन्यवाद दिनुभएको छ । नेपालको संविधान २०७२ मा उल्लेखित अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारलाई कार्यान्वयन गर्न यो परियोजनाले भूमिका खेल्ने पालिका अध्यक्ष लामाले विश्वास ब्यक्त गर्नुभयो ।
‘संविधानमा सुनिश्चित भएको अपाङ्गता भएका ब्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउन नागरिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ । यो परियोजनाले हाम्रो पालिकाभित्र रहनुभएका अपाङ्गता भएका ब्यक्तिहरुको समस्या पहिचान गर्ने र समाधानका लागि साझा प्रयत्न गर्ने छ ।’ लामाले भन्नुभयो , ‘राज्यको मुल प्रवाहमा अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्याउन सरकारी र गैर सरकारी संघसंस्थाहरुले पहल गर्न जरुरी छ । त्यही पहल अन्तर्गत यो परियोजना हाम्रो पालिकामा लागु भएको हो ।’ अध्यक्ष लामाले यो परियोजना प्रभावकारी बनाउन आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी पालिकाका उपाध्यक्ष एवं पालिका स्तरीय अपाङ्गता समन्वय समितिका संयोजक मिम बहादुर वाईबाले परियोजना सञ्चालनपछि अपाङ्गता भएका ब्यक्तिहरुको जीवनमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । परियोजनाको अवधि सकिएपछि लक्षित वर्गको अपनत्वका विषयमा ध्यानदिनुपर्ने उँहाकोे भनाई छ ।
स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) का कार्यकारी निर्देशक गोकुल गौतमले संविधानमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि समावेश गरिएका विषयलाई स्थानीय सरकारसँग मिलेर कार्यान्वयन गराउन परियोजनाले भूमिका खेल्ने बताउनुभयो । ‘यो परियोजना अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यका विभिन्न तहसम्म कसरी पहुँचमा पुर्याउने भन्ने विषयमा केन्द्रीत हुन्छ ।’ उँहाले भन्नुभयोे, ‘अपाङ्गता भएका ब्यक्तिलाई संगठित गर्नेदेखि आयआर्जन मार्फत आत्मनिर्भर बनाउनसम्म यो परियोजनाले काम गर्नेछ ।’
परियोजना प्रारम्भ कार्यक्रममा सिबिएम ग्लोबलका वरिष्ठ कार्यक्रम अधिकृत सम्झना शाह, रिमरेकका कार्यक्रम प्रबन्धक राजन गौतम, एचआरडिसीका सन्दिप चौधरीले परियोजनाले गर्ने आ–आफ्नो कार्यक्षेत्रको प्रस्तुतीकरण राखेका थिए ।
यो परियोजना २०२८ को डिसेम्बरसम्म सञ्चालनमा आउने छ । परियोजना नमोबुद्ध नगरपालिकामा पनि छिट्टै शुभारम्भ गरिने रिमरेकले जनाएको छ । यसअघि यो परियोजना काभ्रेपलाञ्चोक जिल्लाकै मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा ५ वर्षसम्म सञ्चालन गरिएको थियो ।– ईपाना नेपाल

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

पाँचखालको जंगलमा रुखमा बाधेको अवस्थामा जलेको लाश फेला, प्रहरीले थाल्यो अनुसन्धान

Next Post

काठमाडौंको बत्तीसपुतलीमा चक्कु प्रहारबाट युवकको हत्या, ४ नाबालिग पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काठमाडौंको बत्तीसपुतलीमा चक्कु प्रहारबाट युवकको हत्या, ४ नाबालिग पक्राउ

काठमाडौंको बत्तीसपुतलीमा चक्कु प्रहारबाट युवकको हत्या, ४ नाबालिग पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्धमा निःशुल्क औषधी वितरण शुरु

नमोबुद्धमा निःशुल्क औषधी वितरण शुरु

शुक्रबार, चैत्र १७, २०७९
तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

तेमालको बाह्रौ हिउँदे अधिवेशनमा उपस्थित हुन गाउँपालिकाको अनुरोध

मङ्लबार, माघ २४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.