रोशी सहकर्मी–माघ २०,
२०७६,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिका वाड नं ६ मा चितुवाको आक्रमणमा परी दुईजना गम्भिर घाईते भएका छन् । १४ जना घाईते भएका छन् । शनिबार देखि आक्रमण सुरु गरेको चितुवालाई आज स्थानीयले नियन्त्रण गर्न खोज्दा चितुवा मरेको वडा अध्यक्ष रामशरण दुलालले जानकारी दिए । शनिबार पाँचखाल नगरपालिका वडा नं ६ जैसिदीकी सरस्वती कायस्थलाई चितुवाले आक्रमण गरेको थियो । भोलीपल्ट आइतबार सोहि चितुवाको आक्रमणमा परी सनक बहादुर वि.क घाइते भएका थिए ।
वडाध्यक्ष दुलालका अनुसार सोमबार (आज) बिहान उक्त चितुवाको आक्रमणमा परी अर्जुन श्रेष्ठ, कृष्ण वहादुर श्रेष्ठ, भिम कुमारी सत्याल, बैकुण्ठ कायस्थ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायस्थ लगायत १२ जना घाइते भएका छन् ।
मरेको चितुवा प्रहरीले जिल्ला वन कार्यालय काभ्रेलाई बुझाएको छ । चितुवाले बितण्ड मच्चाए पछि स्थानीय र वडा अध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चासो नदेखाएको भन्दै आज आफैले नियन्त्रण गर्न खोज्दा चितुवा मरेको स्थानीयको भनाई छ । १२ जना सामान्य घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ भने गम्भिर घाईते दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।

Facebook Comments