रोशी सहकर्मी–माघ २३,
२०७६,काभ्रे/

जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख द्धारिकाप्रसाद पोखरेलले बिधालय पुनःनिर्माणलाई तिव्रता दिईएको बताएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रे मार्फत बैशाख १२ को भुकम्पमा क्षतीग्रस्त मध्य जिल्लाको २ सय २२ बिधालय बनाउने जिम्मा लिएको थियो ।
हाल जिम्मा लिएको मध्य १ सय ७५ विधालयको पुनर्निर्माण सम्पन्न भएको प्रमुख पोखरेलले जानकारी दिए । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत जिम्मा लिएका ४७ वटा बिधालयहरु यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पनि बताए ।
विभिन्न परियोजना अन्र्तगत २८ वटा बिधालय निर्माण सम्पन्न भईसकेका छन् भने ३० वटा विद्यालय निर्माणाधिन छन् । केन्द्रिय आयोजना मार्फत हालसम्म ८ कोठे १२ वटा, ६ कोठे १० वटा, ४ कोठे ७४ वटा, ३ कोठे ५४ वटा र २ कोठे ७६ वटा निर्माण भएका छन् । १ सय ७५ वटा विद्यालयमा ५ सय ९१ वटा कक्षा निर्माण सम्पन्न भएको इन्जिनियर सोभित श्रेष्ठले बताए । विद्यालय निर्माणका लागि जिल्लामा १ अर्ब ११ करोड १७ लाख ९४ हजार रुपैया इस्टमेट गरिएकोमा ९४ करोड ७ लाख ६८ हजार रुपैया खर्च भईसकेको छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट प्राप्त कार्यक्रम अन्र्तगत ४ कोठे २० वटा, ३ कोठे ३ वटा, २ कोठे १० वटा र शौचालय ७० वटा निर्माण भएका छन् ।

Facebook Comments Box