रोशी सहकर्मी–माघ २३,
२०७६, तेमाल(चापाखोरी)/

जिल्लाको तेमाल गाँउपालिकामा आजबाट अध्यक्षकप अन्तर वडा फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल भ्रमण बर्ष २०२० र सोनाम ल्होछारको अवसर पारी संचालित प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी.ले गरेका हुन् ।

तेमाल गाँउपालिका वडा नं ७ चापाखोरी स्थित प्रस्ताबित तेमाल रंगशालामा भएको नकआउट चरणको पहिलो खेल वडा नं. ५ पोखरी नारायनस्थन र वडा नं. ३ सरमथलि बीच भएको थियो । जसमा वडा नं ५ ले ३ लाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै दोश्रो खेल वडा नं. ६ ठूलोपर्सेल र वडा नं. ८ मेच्छे बीच भएको थियो । सो खेलमा वडा नं ८ ले ६ लाई १–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै तेश्रो खेल वडा नं. ७ कुरुवस चापखोरी र वडा नं. ४ बोल्देफेदिचे बीचको खेलमा १–० गोल अन्तर ले वडा नं. ४ बोल्देफेदिचे विजयी भएको छ । त्यस्तै अन्तिम खेलमा वडा नं. १ सर्स्युखर्क र वडा नं.२ सर्स्युखर्क बीच खेल भएको थियो । निर्धारीत समय सम्म १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट अउटमा ३–४ गोल अन्तर ले वडा नं. २ सर्स्युखर्क जीत हासिल गर्न सफल भएको हो ।

यस अघि माघ ३ गतेबाट सुरु हुने भनिएको खेल भारी वर्ष भए सँगै स्थगित भएको थियो । प्रतियोगितामा पालिकाभित्रका ९ वटा वडाका ९ वटै टिम सहभागि छन् ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर (डि.बि) लामा, तेमाल गाँउपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रवक्ता ज्ञान बहादुर तामाङ, जनप्रतिनिधि, कर्मचारीहरु लगायत खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।

आजबाट सुरु भएको खेलको माघ २५ गते फाईनल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित कप प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृट खेलाडी, बढी गोल गर्ने खेलाडी र वेष्ट गोल किपरले ५/५ हजार पुरस्कार पाउनेछन् ।

Facebook Comments