सांकेतीक फोटो

रोशी सहकर्मी–असोज २६,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ११ धारापानी कालीदेविमा एक ९ वर्षिय बालिका झुण्डीएको अवस्थामा फेला परेको छ । पदम बहादुर किङरीङको छोरी ९ वर्षिय प्रमीला किङरीङको घरमा कोहि नभएको बेला झुण्डीएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी ईन्स्पेक्टर शेखर खड्काले जानकारी दिए ।

उनका अनुसार २ वर्षको बच्चा हेर्न लगाइ बावु आमा काममा गएको बेला बालिकाले घर भित्र पासो लगाई झुण्डीएको बताए । ‘हामी पुग्दा लास बाहिर निकाली सकेको रहेछ, सानो एक पाखे घरमा हामी पनि निहुरीएर जानु पर्ने अवस्था थियो’ प्रहरी ईन्स्पेक्टर खड्काले भने ।

किङरीङको लास पोष्ट मार्टमको लागि जिल्ला पठाईएको र थप नतिजा आउन बाँकि रहेको खड्काले जानकारी दिए । मृतक किङरीङ सोहि वडाको पोक्रा माविमा कक्षा ४ मा अध्ययनरत थिईन् ।

Facebook Comments