रोशी सहकर्मी–माघ २५,
२०७६,काभ्रे/

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा सरकारको कुनै विभेद नरहेको बताउनुभएको छ । पनौती नगरपालिका वडा न १ बालमैत्री घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले बालुवाटार काण्डमा सरकारको कुनै हात नरहेको प्रष्ट पार्नुभयो ।
बालुवाटार काण्डको नालीबेली अख्तियारले लिएर आयो मुद्धा दर्ता ग¥यो, त्यस पछि विवेद पूर्ण भयो ? के भन्या त्यो । बालुवाटार काण्ड के भयो भन्ने तर अख्तियारले छानविन सहित भष्ट्रचार गरेको ठहराउँदा विवेद भयो भन्ने ।
उहाँले उक्त मुद्धाको फैसला अदालतले गर्ने भएकाले मण्डलामा गएर कराउनु बेकार भएको बताउनुभयो । उहाँले अब वाइवडी काण्ड छिटै बाहिर आउन्े समेत बताउनुभयो । उहाँले ३३ किलो सुन काण्डको छानविन भइरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा भष्ट्रचार बढेको जनगुनासो आएको भन्दै कानुनमा रहेका काम गर्न निर्देशान दिनुभयो । जनताको सम्पत्ती कहिकतैबाट दुरुपयोग नहोस भन्ने सरकारको चाहना हो, भन्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाई, चन्द्र लामा, संविधान सभा सदस्य रामहरि सुवेदी, पनौतीका नगरप्रमुख भीम न्यौपाने, वडा न १ का वडा अध्यक्ष गुणनाथ सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box