रोशी सहकर्मी–बैशाख १९,
२०७७,काभ्रे/

१३१ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले उनिहरुको सुरक्षा एवं अधिकार सुनिश्चित गर्न माग गरेका छन् । विश्व महामारी बनेको कोरोना भाईरस (कोभिड–१९) का कारण प्रभावित भईरहेको श्रमिक दिवसका अवसरमा एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

उनले विज्ञप्ति मार्फत श्रमजीवीहरुको जीवन र जनजीविकामा पार्ने असरलाई न्यूनीकरण गर्दै श्रमिकको स्वास्थ्य सुरक्षा रोजगारीको संरक्षण, आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, आप्रवासी श्रमिकको सुरक्षा एंव सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरु प्रति हार्दिक सम्मान एंव शुभेच्छा प्रकट गर्दै उनले यस पटकको श्रमिक दिवस अत्यन्त जटिल परिस्थितीमा सम्पन्न भएकोले महामारीबाट नेपाल लगायत विश्वका श्रमिकहरुले रोजगारी गुमेको, खोसिएको र बेरोजगार भई आश्रित परिवारको समेत भाग्य र भविष्य अन्धकार बन्न पुगेको बताएका छन् ।यसका साथै उनले कोरोना महामारी विरुद्ध लड्न र कोभीड १९ लाई परास्त गर्न सम्पुर्ण राजनीतिक दल, श्रमिक संगठन र आम नेपाली दिदीबहिनी दाजुभाई एकतावद्द हुन विभागको तर्फबाट अपील गरेका छन् ।

Facebook Comments