काभ्रे
रोशी गाउँपालिका भरिको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामाले प्राप्त गर्न सफल भएको छ । रोशीUFPFKFLNSFSF सहयोगमा नाङ्शाल यशोसियसन नेपालद्धारा सञ्चालन गरिएको प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गतको न्यूनतम मापदण्ड र सूचकहरु पूरा गरी उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मूल नाराका साथमा रोशीको सबै बालकक्षामा उक्त कार्यक्रम लागू भएको छ । जसमा,
१. बालविकासको निम्ति छुट्टै कक्षाकोठाको व्यवस्थापन
२. कक्षाकोठामा भाषा, गणित, विज्ञान, निर्माण तथा स्वावलम्बन, सिर्जनात्मक तथा अभिनय सिकाई क्षेत्रको व्यवस्थापन हुनुपर्ने र सो सिकाई क्षेत्रमा प्रशस्त शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गरेको हुनपर्ने,
३. प्रत्येक सिकाई क्षेत्रमा पाठ्यक्रमले तोकिए अनुरुपको २५। २५ ओटा क्रियाकलाप बालबालिकाले गर्न सक्ने हुनुपर्ने,
४. दैनिक क्रियाकलाप र वार्षिक विषयवस्तु क्यालेण्डरको प्रयोग र अभ्यास गरेको हुनुपर्ने,
५. विषयवस्तु किताव (थिम बुक) निर्माण र प्रयोग गरेको हुनुपर्ने,
६. कक्षाकोठा तथा बालबालिका सफा र स्वस्थ हुनुपर्ने,
७. बालविकासका बालबालिकाका निम्ति बालमैत्री शौचालय र खानेपानीको व्यवस्था हुनुपर्ने,्
८. बालकक्षाका बालबालिकालाई नियमित रुपमा तालिका अनुरुप पोषिलो र स्वस्थ खाजाको व्यवस्था गर्नुपर्ने,
९. बालकक्षा शिक्षक, क्रियाशिल, अनुशासित, सिर्जनशील र जिम्मेवारीप्रति बफादार हुनपर्ने,
१०. पाठ्यक्रमले तोकिएअनुरुप बालबालिकाको सिकाई उपलब्धि प्राप्त गरेको हुनुपर्ने,
यी सूचको आधारमा आज सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
त्यसैगरी उत्कृष्ट सरसफाई तर्फ ः रोशी गाउँपालिका वडा ६ सिपालीको हिमालय बालविकास केन्द्रको बालकक्षा शिक्षक रजनी लामा, उत्कृष्ट बालसक्रियता तथा क्रियाशिलता तर्फ ः रोशी गाउँपालिका वडा नम्बर ९ पानान्चेको छत्रेपिपल बालविकास केन्द्रको बालकक्षा शिक्षक हेम कुमारी पिठाकोठे मगर, उत्कृष्ट कक्षा कोठा व्यवस्थापन तर्फ ः रोशी गाउँपालिका वडा न. २ भुसुने स्थित भुसुने कालीेदेवीको बालकक्षा शिक्षक सोफिया सुनार र उत्कृष्ट सिकाई उपलब्धि तर्फ ः रोशी गाउँपालिका वडा न. ९ पिन्थलीको बालकक्षा शिक्षक रत्नमाया लामालाई सम्मान गरिएको हो ।