Sunday, March 15, 2026
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । मंगलबार जिल्ला खोप समन्वय संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा घोषणा भएको हो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

रोशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नुहुदैै जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका प्रमुख गौतमले विकासको पहिलो आधार भनेको स्वास्थ्य रहेको र स्वास्थय रहनको लागि पूर्ण खोप लगाउनुपर्ने बताउनुभयो । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीहरुको योगदानको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरु एक प्रकारको भगवाननै भएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले विगतमा बालबालिकाको मृत्यु दर र अहिलेको मृत्यु दरमा धेरै फरक रहेको बताउनुहुदै त्यसो हुनुमा पूर्ण खोपकै प्रभाव रहेको बताउनुभयो । पूर्णखोप सुनिश्चितता घोषणा गर्नु भन्दा दिगोपना दिन महत्वपूर्ण काम रहेको बताउनुहुदैै दिगोपनाका लागि प्रतिबद्ध हुन सबै सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभयो ।

सो कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम तय गर्दै आएको र आगामी दिनमा पनि प्राथमिकता दिदै जाने बताउनुभयो । रोशीका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ६० बर्ष नाघेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको उहाँको भनाई छ । ‘पूर्ण खोप सुनिश्चिततामा दिगोपना दिन सक्याँै भने मात्र घोषणाले सार्थकता पाउनेछ । त्यसकारण बजेट व्यवस्थापनमा हामी जनप्रतिनिधिहरु लाग्छाँै कार्यान्वयनमा कर्मचारीहरु लाग्नुहोस’, अध्यक्ष लामाले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा मात्र हैन दिगोपना दिनको लागि पनि प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रशाद भन्तनाले पूर्ण खोप सुनिश्चितता घोषणाको लागि फागुन महिनादेखि सर्वेक्षणमा लागिपरेको बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरिक्षक पार्थमणी न्यौपानेले स्वस्थ नागरिक बनाउनको लागि पूर्णखोप सुनिश्चित हुनुपर्ने बताउनुभयो । वडादेखी पालिका, जिल्ला र प्रदेश हुँदै देश पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुने प्रक्रियामा रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज घलानले पूर्ण खोप सुनिश्चित गोषणा गर्नुमा स्वास्थ्य स्वयमसेवीकाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा वडा न ६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटी, वडा न ७ का कार्यबाहक वडाध्यक्ष रिता कोइराला, बरिष्ठ लेखा अधिकृत दण्डपाणि पौडेल, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी रोशीका सभापति विशाल लामा लगायत स्वास्थ्यकर्मी, कर्मचारी स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेका थिए ।

रोशी गाउँपालिका भित्र पूर्ण खोप सुनिश्चितताका लागि सर्वेक्षण गरेका थिए । सर्वेक्षणमा १५ महिना मुनिका बालबालिका २२७ जना रहेकोमा सबै बालबालिका पूर्ण खोप सुनिश्चित र १९१ जनाले पूर्णखोप प्राप्त गरेको पाइएको थियो । १५ देखि ५९ महिनाको ९८३ जना बालबालिकाको सर्वोक्षण गरेकोमा सबै पूर्ण खोप सुनिश्चित भएको थियो ।

काभ्रे जिल्लामा १३ पालिका रहेकोमा ११ वटा पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीसकेको छ भने बेथानचोक र चौरीदेउराली गाउँपालिका मात्र घोषणा हुने बाकी रहेको छ । ती दुई पालिकाको पनि घोषणा सकेर तत्काल जिल्ला घाषणा गर्ने तयारी भएको छ ।

रोशी गाउँपालिकाको १२ वटै वडाले र गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र प्राप्त गरेको छ । घोषणालाई दिगोपना दिन प्रतिबद्ध भएर हस्ताक्षर गरेका थिए ।

Previous Post

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

Next Post

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

आइतवार, फाल्गुन २७, २०८०
तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

आइतवार, भदौ १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.