रोशी सहकर्मी–माघ २०,
२०७६,वाल्टिङ्ग/

जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १०, वाल्टिङ्गमा संचालीत बिभिन्न ५ वटा बिद्यालयका १ सय जना बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु बितरण गरिएको छ ।
“मनकारी सहयोग आवश्यक विद्यार्थीलाई, भविश्यमा अनुशासित सभ्य नागरिक ! उपहार देशलाई” भन्ने मुल नाराका साथ काभ्रे जिल्लाबासी मनकारी हातहरुको सहयोग, सर्वश्री क्वालीटी प्रिन्टर्स बनेपा ८, काभ्रेपलाञ्चोको आयोजनामा सर्बश्री अधिकारीले उक्त सामग्री वितरण गरेकी हुन् ।
उनले वडा नं १० मा रहेको श्री पञ्चकन्या माध्यमिक विद्यालय, श्री महाभारत प्रावि, श्री सरस्वती प्राथमिक विद्यालय, श्री बुद्धिबिनोद प्राथमिक विद्यालय, श्री जागेश्वर प्राथमिक विद्यालयका १ सय जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेकी थिईन् । साथै उक्त कार्यक्रममा अधिकारीको परिकल्पना समुहले स्थापना गरेको कपडा बैंक मार्फत ल्याइएको बिभिन्न न्यानो कपडाहरु आर्थिक रुपले बिपन्न समुदायका करिब ५० जना बृद्धबृद्धाका साथै बालबालिकाहरुलाई वितरण गरिएको थियो ।

वडामा भएका ५ बिद्यालय मध्ये ४ वटा प्राथमीक तहका २४ जना र श्री पञ्चकन्या माध्यमिक विद्यालयका ७६ जना वालबालिकाहरु गरि १ सय जना बालबालिका हध्ययनरत छन् ।
दलित,लोपोन्मुख,अपाङ्ग र विपन्न बालबालिकाहरु गुणस्तरिय शिक्षा बाट पछाडी नपरुन् भन्ने कामनाका साथ काभ्रेपलाञ्चोक जिल्लाका मनकारी हातहरुको सहयोगमा संकलित सामाग्रीहरु हस्तान्तरण गरिएको वितरण सर्बश्री अधिकारीले बताइन् । केही समय अगाडी सामाजिक सेवा अन्र्तगत घाइते गाइबस्तु तथा कुकुर जस्ता सडकमा भेटिएका जनावरको सेवा मार्फत आफुहरुलाई सामाजिक सेवा लाग्ने प्र्रेरणा मिलेको बताउदै अधिकारीले साथी संगी र सामाजिक संजालमा भेट भएका पत्रकारहरुका साथै आफन्तबाट संकलन गरेको रकम मार्फत बिद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको बताईन् । सामान्य आम्दानी भएका साथिहरुको मुठ्ठी मुठ्ठी सहयोग ल्याई सहयोग गर्न पाएकोमा धेरै खुसी लागेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङले सहयोगी मनकारी हातहरुलाई धन्यवाद् दिँदै यी र यस्ता मनकारी हातहरुका कारण समाजको विकास सम्भब रहेको बताए । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरुले सहयोगी सबैमा धन्यवाद दिए ।
उक्त कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक बिद्यालयमा गठन भएको श्री पुष्प बाटिका बालक्लबका अध्यक्ष अञ्जना हमालले बिद्यालयमा रहेका आर्थिक अवस्था नाजुक रहेका साथीहरुलाई सहयोग गर्ने हातहरुलाई खुलेर प्रशंसा गरेकी थिइन् । कार्यक्रममा संस्थाका तर्फबाट अमृत अधिकारी, मनोज अमात्य, बिभिन्न बिद्यालयका प्रधानअध्यापक शिक्षक प्रतिनिधिहरु, बिद्यार्थी अभिभाबकहरुको सहभागिता रहेको थियो । कार्यक्रम श्री पञ्चकन्या माविका बिब्यस अध्यक्ष हरिकुमार सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने शिक्षक सरोज सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments Box