रोशी सहकर्मी–माघ २७,
२०७६,बनेपा/

बेलर इन्टरनेशनल एकेडमीको नवनिर्मित भवन उद्घाटन तथा खेलकुद सप्ताहको सुभारम्भ भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त कार्यक्रमको आज उद्घाटन गर्नुभएको थियो । उहाँले मुलुकलाइृ अनुशासित बनाउन बिद्यालय तह बाटै उक्त कार्यक्रम सुरुवात गर्नुपर्नेमा जोड्दिनुभयो ।
उहाँले बिद्यालयमा शिक्षासँगसँगै हाम्रो राष्ट्र नेपालको इतिहास, भाषा, भेषभुषा, संस्कृति दिन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वदेशमा नै रोजगारी लगायतका अवसर रहेकाले विदेशमा नजान बिद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले नेपाली सेनामा अवकास भएका भुतपूर्व सैनिकहरुलाई बैदेशिक रोजगारमा नजाउनु भन्नका लागि स्वरोजगारका कार्यक्रम दिदैँ आएको बताउनुभयो । उहाँले तीन हजार भन्दा बढी परिवारलाई रोजगार दिएको बताउनुभयो ।

उक्त अवसरमा बेलर इन्टरनेशनल एकेडेमीले अन्र्तराष्ट्रिय आईएसो प्रमाणपत्र पाएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । शिक्षाको गुणस्तरीयता अन्र्तराष्ट्रिय स्तरको भएको भन्दै उक्त एकेडेमीलाई आईएसो प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पे्रस काउन्सिलका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, बेलर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापा लगायतले बिद्यालयले दिइरहेको गुणस्तरीय शिक्षाको प्रशंसा गर्नुभएको थियो ।

Facebook Comments