रोशी सहकर्मी–फाल्गुन २,
२०७६,काभ्रे/

काभ्रे जिल्लाको साँगामा बोलेरो गाडीको ठक्करबाट प्रहरी असईको मृत्यु भएको छ । काठमाडौंबाट बनेपा तर्फ आइरहेको बा १९ च १३२३ नम्बरको नीजि बलेरो गाडीले ठक्कर दिंदा साँगा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो । असई गुरुङ डिउटीमा रहेको बेला बाटो काट्न लाग्दा उक्त गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गुरुङलाई बोलेरो गाडीले ठक्कर दिना साथ धुलिखेल अस्पतालमा उपचारको लागि लगिएपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलले जानकारी दिए । मृतक गुरुङको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र गाडी चालक भक्तपुर जिल्ला भक्तपुर–१० बस्ने वर्ष ३१ का विक्रम जाकी बन्जारालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments